काठमाडौंः प्रदेश सभा निर्वाचन क्षेत्रका उम्मेदवार चिनाउन क निर्वाचन क्षेत्र र ख निर्वाचन क्षेत्र भनेर दल तथा उम्मेदवारले चिनाए पनि कानूनी रुपमा क र ख निर्वाचन क्षेत्र नभएर १ र २ निर्वाचन क्षेत्र भएको निर्वाचन आयोगले जनाएको छ ।
बिभिन्न राजनीतिक दल र मतदाताले प्रदेशसभाका निर्वाचन क्षेत्रलाई ‘क’ र ‘ख’ भनेर सम्बोधन गरिरहेका बेला निर्वाचन आयोगले भने ‘क’ र ‘ख’ नभएर १ र २ निर्वाचन क्षेत्र रहेको स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले सुरुदेखि नै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ र २ उल्लेख गरिरहेको छ । त्यसैले निर्वाचन क्षेत्र नम्बर १ र २ हो, ‘क’ र ‘ख’ होइन । यदि कोहि कसैले भनिरहेका छन् भने पनि त्यो गलत हो ।’
आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलका अनुसार क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर १ र २ भन्नुपर्छ क र ख होइन । जस्तै काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं १(१) क्षेत्र नं २ (२) हुनु पर्छ ।