काठमाडौँः  नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले   आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण घटक संघहरूलाई आफ्नो पार्टीको कलम चिन्हमा मतदान गर्ने वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्  ।

नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको घटक संघहरूले आयोजना गरेको  नेपाली सांस्कृतिक पर्वहरू तिहार, नेपाल सम्बत् , छठ, उधौली , माघी र लोछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि डा.भुसालले  म भन्ने भावनाबाट टाढा रहेर हामी भन्ने भावना स्थापित गर्दै वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गरे ।

312103849_435786645329080_2492386633092038974_n

 महासचिव भुसालले गठबन्धन वर्तमान राजनीतिक आवश्यकता र समयको माग भएकाले साझा भावना लिई मुलुकको संविधान रक्षा र प्रतिगमनको विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेका थिए । 

कार्यक्रम नेपाल तामाङ संघ समाजवादीका अध्यक्ष लाप्साङ पाख्रिनको अध्यक्षतामा भएको थियो ,। कार्यक्रममा  आसन्न निर्वाचनलाई लक्षित गरेर नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको संयुक्त घटक संघहरू बीचमा शुभकामना कार्यक्रम राखिएको संघका अध्यक्ष गंगा गुरुङले बताए  ।