काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महासचिव डा.बेदुराम भुसालको नेतृत्वमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।
महासचिव भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको हो ।
बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।