कैलालीः  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिले मात्र नभएर पुरानो भएको बताएका छन् । 

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिलेमात्रै होइन । पुरानो हो ।’ त्यस्तो बताएका हुन् । अध्यक्ष नेपालले शान्ति प्रक्रियाको १२ बुँदे सहमतिमा आफूसहित प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको भन्दै जनयुद्धका क्रममा मैले माओवादीलाई भेटेर कुरा गरेको थिएँ । १२ बुँदे सहमतिमा मैले प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं । 

अध्यक्ष नेपालले सबै कार्यकर्तालाई गठबन्धन दलको औचित्यमा प्रस्ट पारेर चुनावी अभियानमा लाग्न निर्देशन समेत दिए । अध्यक्ष नेपालले अझै लोकतन्त्रमाथि खतरा रहेको भन्दै  हामीले समयमा कदम नचालेको भए लोकतान्त्रिक संविधान जोगिने थिएन । गणतन्त्रको रक्षा हुने थिएन । मुलुक प्रतिगमनतिर जाने थियो । सबै उपलब्धि सकिने थियो । अहिले पनि लोकतन्त्र जोखिममा रहेको बताए । 

एमालेले संविधान विरोधीहरुसँग गठबन्धन गरेको भन्दै ‘एमाले प्रगति र परिवर्तनको बाधक भएकोले आफूहरुले विद्रोह गर्न बाध्य भएको बताए  । अध्यक्ष नेपालले भने–‘प्रतिगामी शक्तिलाई पराजित गर्न एकजुट भएर गठबन्धन दलका उम्मेदवारलाई जिताउन लाग्नुहोस् । मित्रवत् प्रतिस्पर्धा भएको ठाउँमा कलमलाई हेर्नुहोला । अन्य ठाउँमा गठबन्धनको उम्मेदवारलाई जिताउनु होला ।’