काठमाडौँः नेकपा (एकीकृत समाजवादी) ले आगामी    मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरण सहितको समृद्धि तथा समाजवादमा आधारित       घोषणापत्र तयार   पारेको छ । 

जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको  घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन,   उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।

313285916_1522558981526448_100926092917884428_n

 राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै शुशासन र पारदर्शीता सहितका विषय    घोषणापत्रमा उल्लेख गरिएको छ । 

सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्वन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरव्याजीलगायत सबै       खाले शोषण तथा उत्पिडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए  । उनले जनताको मौलिक अधिकार सहित सिंगो प्रणालीको रक्षाका लागि  गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्ने बताए ।