काठमाडौंः नेकपा (एकीकृत समाजवादी)ले सोमबार  चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । नेकपा  (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा भोलि दिउँसो १ वजे  घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको  एकीकृत समाजवादीको केन्द्रीय कार्यालयले जनाएको छ । 

‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्दि समाजवादको आधार’ । भन्ने नारा सहित प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक हुने भएको हो ।