काठमाडौंः नेकपा एकीकृत समाजवादीले ‘घरघरमा बिजुली(जनजनमा सेयर’ नीति लागू गर्ने प्रतिबद्धता जाहेर गरेको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै तीनै तहको सरकारको सहकार्यमा हरेक घरपरिवारलाई मासिक रूपमा २ सय युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिबद्धता गरेको हो।
्गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जोड्न र बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने र ग्रामीण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गरिने उल्लेख गरेको छ। आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्न पहल गर्नेछ।
स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने उल्लेख गरेको छ। नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न र उत्पादित विद्युत्को उपयोग तथा व्यापारका लागि सरकारी, सहकारी र निजी क्षेत्रलाई संलग्न गराइने छ ।
स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रियहित अनुकूल हुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गरिने छ घोषणापत्रमा भनिएको छ ।