काठमाडौंः नेकपा एकीकृत समाजवादीले सूचनाको हकसम्बन्धी ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ । आसन्न निर्वाचनको सन्दर्भमा जारी घोषणपत्रमा  सूचना प्रविधि प्रयोग र प्रेस स्वतन्त्रतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने उल्लेख गरेको छ । 

घोषणापत्रमा भनिएको छ  सूचनाको हकसम्बन्धी ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गरिने छ, आधुनिक सूचना तथा सञ्चार प्रविधिमा आमजनताको पहुँच स्थापित गरिने छ, आम सञ्चार माध्यम (पत्र–पत्रिका, अनलाइन, समाचार पोर्टल, एफ।एम। तथा टेलिभिजन) का सञ्चार उद्यमी र सञ्चारकर्मीलाई वार्षिक रूपमा निजको कामको कदर गर्दै कदर पत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरिने छ, ‘पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र’ को भावनाअनुसार पूर्ण पे्रस स्वतन्त्रताको अनुभूति दिलाइने छ, भनिएको छ ।

घोषणपत्रमा भनिएको छ  आम सञ्चार माध्यमलाई निष्पक्ष, व्यावसायिक, उत्तरदायी र जिम्मेवार उद्योेगका रूपमा विकास गरिने छ । मुलुक भित्र संचालन हुने मिडियामा विदेशी लगानीमा रोक लगाइने छ, सार्वजनिक सेवा प्रवाहलाई आधुनिक प्रविधिमा आबद्ध गरी छिटोछरितो, गुणस्तरीय र पारदर्शी बनाइने छ, सकेसम्म सेवाग्राहीले प्रविधिको प्रयोग मार्फत घर–अफिसबाट सार्वजनिक सेवा लिन सक्ने व्यवस्था मिलाइने घोषणपत्रमा भनिएको छ ।