काठमाडौंः नेकपा (एकीकृत समाजवादी) ले विभिन्न तरिकाले कब्जा गरिएका जमिनलगायत सार्वजनिक सम्पत्तिको खोजी गरी सरकारको मातहतमा ल्याइने उल्लेख गरेको छ । सोमबार सार्वजनिक भएको चुनावी घोषणपत्रमा एकीकृत समाजवादीले त्यस्तो उल्लेख गरेको हो ।
हरेक पालिकामा पार्क निर्माणको योजना ल्याएको छ । घोषणापत्रमा हरेक पालिकामा सबैका लागि पहुँचयुक्त ठूला आकारका पार्क र वार्ड–वार्डमा साना पार्कको निर्माण गरिने उल्लेख छ ।
‘सबै वडा र सम्भव भएसम्म टोल–टोलमा बाल उद्यान, बालगृह, ज्येष्ठ नागरिक आश्रम, तालिम केन्द्र, खेलकुद मैदान, पोखरी आदिको समुचित व्यवस्था गर्न पहल गरिने छ, घोषणापत्रमा उल्लेख छ ।
‘श्रोत नखुलेको अपारदर्शी तथा अवैध ढंगबाट आर्जन गरिएका सम्पत्तिलाई छानवीनको दायरामा ल्याइने छ,’ घोषणापत्रमा लेखिएको छ ।