काठमाडौंः नेकपा(एकीकृत समाजवादी)ले  केपी  ओलीको दक्षिणपन्थी अवसरवादका विरुद्ध आफूहरूले विद्रोह गर्न बाध्य भएको बताएको छ । 

‘एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह र्गयौँ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन र्गयौँ । अहिले हामी ‘कलम’ चुनाव चिन्ह लिएर यहाँहरूमाझ आएका छौँ ।’ घोषणापत्रमा उल्लेख गरिएको छ।

आगामी निर्वाचनको घोषणापत्र जारी गर्दै एकीकृत समाजवादीको घोषणपत्रमा भनिएको छ ओलीले भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भयो । 

घोषणापत्रमा भनिएको छ, ‘२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच आएका थियौँ र झन्डै दुई तिहाइ संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा सङ्घीय सरकार निर्माण गरिएको थियो ।’ तर नेतृत्वले बचाउन सकेन । जस्ले ‘केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।

त्यति मात्र होइन एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भयो, जसको कारण कम्युनिष्ट पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ठुलो क्षति भयो ।’ घोषणापत्रमा भनिएको छ। एमालेमा व्याप्त अवसरवाद, गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास गरेपनि  असफल भएको भनिएको छ ।