सिमराः  निर्वाचनको मिति नजिकिँदै जाँदा देशका धेरै ठाउँमा चुनावी प्रतिस्पर्धा चुलिएको छ । कतिपय ठाउँमा हेवी वेट नेताहरु प्रतिस्पर्धामा छन् भने कतिपय ठाउँमा गठबन्धनका कारण टिकट पाउन बन्चित भएकाहरु पार्टीबाट राजीनामा दिएर स्वतन्त्र बनेका छन् । बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि  मुख्य प्रतिस्पर्धामा स्वतन्त्र उम्मेद्वार इच्छा बहादुर  वाग्ले, नेकपा एमालेका इक्वाल मिया र नेकपा एकिकृत समाजवादीबाट कृष्ण कुमार श्रेष्ठ किसान देखिएका छन् । स्थानीयताको कुरा गर्ने हो भने यी तिनै जना  टुरिष्ट उम्मेदवार हुन । 

भर्खरै नेकपा एमालेमा प्रवेश गरेका मियालाई एमालेले उम्मेदवार बनाएको छ भने वाग्ले एक दशक भन्दा लामो समय देखि सिमरा बारालाई कार्यक्षेत्र बनाएर व्यापार तथा समाजसेवा तथा पर्यटन तथा तारे होटल व्यावसायमा सक्रिय छन् । भने उनै इच्छाराजले सिमरामा व्यावसायीक बाटो देखाएका किसान श्रेष्ठ एक चाटुकार व्यत्तित्व हुन् । अघिल्लो २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा तनहुबाट निर्वाचित भएका श्रेष्ठ यसपाली टुरिष्ट उम्मेदवार बनेर बारा क्षेत्र नम्बर ४ मा आइपुगेका छन् । 

को हुन किसन श्रेष्ठ ? अनि कसरी झुक्याउँदैछन त बारा ४ का जनतालाई  

तनहुँ जिल्लाको दुलेगोँडामा सामान्य परिवारमा जन्मिएका किसान श्रेष्ठ परिवार धान्नै अभाव भएको परिवारका सदस्य थिए । २०४५ ÷०४६को दशकतिर श्रीमति सहित पर्यटक भिषामा युके गएका श्रेष्ठ आफ्नो भिषा सकिएपछि उतै लुकिछिपि बस्दै रेष्टुरेन्टमा भाँडा माझ्ने काम गर्न थाले । युकेमा गैह्र कानुनी भएर बसेकै बेला आप्रवासी कामदारलाई दिने शरणार्थी सुविधा लिएर बस्न थाले ।  शरणार्थी बनेर बसेकै बेला श्रेष्ठले आप्रवासी कामदारलाई दिने सुविधा अन्तर्गत झण्डै नेपाली २ करोड बराबरको ऋण सुविधा लिए । जुन ऋण युकेमै बसेर भुक्तानी गर्नुपर्नेमा श्रेष्ठले त्यसो गरेनन् बरु युके सरकारलाई नै छलेर ऋण लिए लगत्तै नेपाल फर्किए  अनि  काठमाण्डौको सामाखुसीमा घडेरी किने र तनहुँमा हार्डवेयरको पसलमा लगानी गरेर व्यावसाय गर्न थाले । ऋण लिएर फरार भएपछि उनलाई युकेमा व्यापक खोजी गरियो  हुँदा हुँदा काठमाण्डौमा रहेको ब्रिटिस दुतावास मार्फत तनहुँ सम्मै श्रेष्ठको खोजी गरियो । आफ्नो व्यापक खोजी हुन थालेको थाहा पाएपछि नाम र ठेगाना नै परिवर्तन गर्दै श्रेष्ठ दुलेगौँडाबाट दमौली तिर बसाई सरे । आज सम्म पनि उनि युकेमा कालोसुचीमा छन् । 

०४६ को दशक पश्चात मुलुकमा राजनितिक अस्थिरता चलेका बेला किसान श्रेष्ठ राजावादी मण्डले बनेर बहुदलवादीको विरुद्ध आतंक मच्चाउँदै हिँडे । ठुलो जनआन्दोलनले बहुदल ल्यायो । देशमा आएको परिवर्तनसँगै किसान श्रेष्ठ पनि परिवर्तन भए र आफ्नो स्वरुप बदल्दै कांग्रेस नेता गोविन्दराज जोशीको शरणमा पुगे । पाँच ६ बर्ष उनै जोशीको नजिकमा रहेर सेटिङ्गका काम गरे र कमाउ धन्दामा लागे । 

315521929_809424746990900_1395946283004906040_n

रेड कर्नर नोटिस पाएका शंकर बोगटीसँग त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलको भिआइपि कक्षमा किसान श्रेष्ठ । 

माओवादी द्धन्द्ध चलेको बेला माओवादीले उनलाई मुख्य तार्गेट बनायो । आफु तार्गेटमा परेको थाहा पाउना साथ किसानले माओवादीकै नामी नेता मार्फत भुमिगत माओवादीको नजिकमा पुगे र माओवादी नेताहरुलाई शरण दिने काममा सक्रिय भएर लागे । बिभिन्न माओवादीका नेताहरुलाई शरण दिने क्रममा श्रेष्ठको वरपरी करोडौँको चलखेल हुन्थ्यो । सो कामगर्दै गर्दा माओवादीका कमाण्डरहरुले केही रकम राख्न श्रेष्ठलाई दिएको तर तिनै नेता उनको सेल्टरबाट बाहिर आएपछि आजसम्म सम्पर्कमा नआएको माओवादीका अर्का कमाण्डर तहको नेता बताउँछन् । अहिले पनि त्यो ठुलो रकम हराएको को चर्चा माओवादी कमाण्डरहरुको तहमा बेला बेला हुने गरेको रहेछ ।

२०६२/०६३ को जनआन्दोलनले माओवादीहरु शान्तिप्रक्रियामा आए । शान्तिप्रक्रियामा आएपछि माओवादीबाट श्रेष्ठको खोजी हुन थाल्यो । माओवादीले उनिविरुद्ध एक्सन लिने बुझेपछि श्रेष्ठ एमालेको शरण लिन पुगे । साधारण सदस्यको रुपमा नेकपा एमालेमा प्रवेश गरेका किसान श्रेष्ठ त्यहाँका शत्तिकेन्द्रहरुलाई आफ्नो कव्जामा लिन तल्लिन रहे । यसै समयमा उनले बैदेशिक रोजगार व्यावसाय तथा अवैध हुण्डी तथा तस्करीको समेत काम गर्न थाले । जग्गाको कारोबार, बैदेशिक रोजगार व्यावसायको नाममा मानव तस्करी तथा अवैध हुण्डी त्यतिवेला उनका मुख्य आम्दानीको श्रोत थिए । एमालेको संरक्षणमा तत्कालिन प्रहरीका सर्वेन्द्र खनालसँग मिलेमत्तो गर्दै बिभिन्न योजना बनाउने काममा किसान श्रेष्ठ रहेको स्रोतहरु बताउँछन् । 

प्रहरी प्रशासनको आडमा नेपालका नाम चलेका गुण्डाहरुसँग र अर्कोतिर गुण्डाहरुसँग मिल्दै व्यापारीहरुसँग दोहोरो चन्दा आतंक चलाइरहने किसान श्रेष्ठले आफैँलाई वैदेशिक रोजगारीको बाटो देखाउने मुक्त गुरुङ्गलाई जेल हालेर उनको सामाखुसीमा रहेको डेढ रोपनी जग्गा समेत हत्याए । सो जग्गाको मुल्य अहिले पनि २० करोड भन्दा बढि पर्ने प्रक्षेपण छ । श्रेष्ठले अहिले सोही जग्गामा घर बनाएर किसन हार्डवेयर सन्चालन गरीरहेका छन् । 

गुण्डा र प्रहरीको बिचौलियाको भुमिकामा रहेर सर्वसाधारणलाई आतंकित बनाउन तल्लिन किसानले कतिपय कुरा गुण्डाबाट लिक हुने डरले सर्वेन्द्र खनालको सहयोगमा नामचलेका  गुण्डालाई कहिल्यै नफर्किने बाटोमा समेत पुर्याएको जानकारहरु बताउँछन । सर्बेन्द्र खनाल जति पावरमा पुगे किसनको पावर पनि त्यत्तिकै बढ्दै गयो । 

लामो समयदेखि बाराको सिमरामा व्यावसायीक तथा सामाजिक कार्यमा तत्लित रहेका इच्छा बहादुर बाग्लेसँग करिव ७० को दशकमा किसानको  व्यापारीक साझेदारी भयो । पाँच तारे होटल, मेडिकल कलेज, डिपार्टमेन्ट स्टोर लगायतका योजना इन्छा बहादुरसँग थिए । किसानले उनलाई बारा टेकाउने इच्छाराजलाई चुनौतिदिँदै छोटो समयमा होटल इच्छाकै मोडलमा बारा एयरपोर्टको सार्वजनिक जग्गा समेत  हडपेर होटल इच्छाकै मोडलको नयाँ स्टार होटल खोल्न सफल भए । आइकाओको नियम मिच्दै नागरिक उड्डयनका तत्कालिन कामु डिजि राजकुमार क्षेत्रीलाई मोटो रकम चढाई एयरपोर्टको जग्गा हडपी प्लेन ल्याण्डिगलाई समेत समस्या हुनेगररी होटल निर्माण गरे सो कुरा अहिले बाराबासीको लागि संकटको पहाड बनेको छ । 

250297675_315701769949644_773007536299399671_n

पैसाको लागि जो सुकैलाई जे पनि गर्न सक्ने किसान श्रेष्ठले सर्वेन्द्र खनाल, नेकपा एमालेका महेश बस्नेत लगायतको कालो धनलाई सेतो बनाउन बाराका बिभिन्न ठाउँमा लगानी गर्न थाले । सानो प्लाईउड उद्योगबाट शुरु गरेको किसानको  उद्योग नेपालकै ठुलो डनलप उद्योगको रुपमा चिनिएको छ । 

सिमराको मुख्य चोकमा रहेको नेपाल ग्यासको सम्पुर्ण जग्गा प्लटिङ गरी अरवौँको मुख्यमा बेच्न थाले । यो सबै पैसा किसानको नभएर उल्लेखित पात्रहरु तथा  अर्कै पछाडीका पात्रहरुको थियो भन्ने बुझ्नमा आएको छ  । सबै क्षेत्रमा झुक्याँउँदै माथि बढ्न सफल भएका श्रेष्ठ नेकपा एमालेमा साधारण सदस्यको रुपमा प्रवेश गरेको तनहु जिल्लामा मनोनित जिल्ला सदस्यको रुपमा २०७४ सालमा  आए र जिल्ला सदस्य भएको एक हप्ता पनि नवित्दै  २०७४को निर्वाचनको लागि प्रतिनिधि सभामा जाने टिकट हत्याउन सफल भए । गुण्डागर्दी र पैसाको आडमा जनतालाई आंतकित बनाउँदै  उनले प्रतिनिधि सभामा जित समेत हासिल गरे तर उनको जितमा आफ्नै गुरु मानिएका काग्रेसका गोविन्द राज जोशीलाई काग्रेसकै रामचन्द्र पौडेलको वागी बनाउने समेत हत्कण्डा अपनाए । चुनाव जितेपनि मुख्य सडक बाहेक श्रेष्ठले गाउँको बाटो नटेकेको तनहुँका जनता बनाउँछन् । 

नेकपा एमालेबाट प्रतिनिधि सभामा जानासाथ मन्त्री पड्काउने दाउमा रहेका किसानले त्यो अवसर पाएनन् तर मन्त्री बन्न उनले महेश बस्नेत ।, सर्बेन्द्र खनाल लगायतको सहयोग लिएर सांसद अपहरण काण्डको समेत नेतृत्व गरे । सर्बेन्द्र खनाल तत्कालिन अवस्थामा भर्खरै मात्रै रिटायर्ड भएको प्रहरी महानिरिक्षक भएको नाताले उनकै आडमा रहेका किसानलाई प्रहरी प्रशासनले सोधपुछ समेत गरेन । 

ठुलो धनराशी खर्च गरेर सांसद अपहरण गर्दा समेत मन्त्री पद नपाएपछि एमाले अध्यक्ष केपी ओलीसँग चिढिएका श्रेष्ठ एकाएक माधव नेपालको नजिक देखिएर पार्टी फुट्दा नेकपा एकीकृत समाजवादीको पक्षमा आए र सम्झौतमा सति गए । 

आफ्नो स्वार्थका लागि जस्तो सुकै सम्झौता  समेत गर्न तयार हुने र रंग फेर्ने श्रेष्ठ मन्त्री हुन नपाउँदा माधव नेपाललाई पार्टी फुटाउने सम्मको धम्कि दिएका थिए । पछि उनले श्रम तथा रोजगार मन्त्रालय हत्याउन सफल भए । आफ्नो कार्यकालमा बैदेशिक रोजगारीमा जाने कामदारको हितका उनले केही गर्न सकेनन् बरु मेवपावरका मानव बेचविखनमा दलालहरुसँग मिलेर कतार, दुवई मलेसिया साउदी जस्ता देशमा भिषा सिण्डिकेट गर्दै फ्रि भिषा फ्रि टिकटको विपक्षमा आफ्नो मत मात्र ओकलेनन् उल्टै कामदारलाई ऋणको भारी बोकाउने कानुन बनाएर मेनपावर व्यावसायीबाट असुल्नु असुली गरेर  बिवादित बने । जसको असर बैदेसिक रोजगारमा जाने कामदारको आयमा परिरहयो । 

यति सम्मकी सरकारी सेमिनारमा दुवई गएको वेला मानव तस्करीमा रेडकर्नर नोटिस जारी भएका इराक तथा अफगानिस्तारमा मानव तस्करी गर्ने शंकर बोगटीलाई खादा र मालाले स्वागत गर्दै भिआईपी च्यानलबाट नेपाल भित्राए । 

६ महिना पछि माधव कुमार नेपालको पार्टीबाट मन्त्री पद खुस्किँदा सिधै शेर बहादुर देउवाको शरणमा पुगेका श्रेष्ठ कांग्रेस प्रवेश गर्ने तरखरमा थिए तर नेपाली कांग्रेस इत्तरमै यस्ता व्यक्तिलाई पार्टीमा भित्राउनु हुदैन भन्ने आवाज बढेपछि उता जान पाएनन् । अघिल्लो निर्वाचनमा तनहुँबाट प्रतिनिधी सभा सदस्य भएर सिन्को नभाँचेका श्रेष्ठ बारा जिल्लाको क्षेत्र नम्बर ४ बाट गठबन्धनको तर्फबाट पुन प्रतिनिधि सभाको लागि चुनावी मैदानमा छन् । अहिले उनले बारा ४ का जनतालाई दिएको आश्वासनहरु सुनिरहँदा तनहुँका गल्ली र चोकमा भएर चिया पसलहरुमा उनि हाँसोको पात्र बनेका छन् । उनिहरु भन्छन् ‘बिचरा तराई बासीलाई पुनः झुक्काउने भएछन् । ’ 

सामान्य लेखपढ गरेका किसानसंगै चुनावी मैदानमा उत्रिएकाहरु डबल डिग्री गरेका छन् । यो निर्वाचन पश्चात किसानले आफ्नो व्यावसायीक लगानी बाराबाट संकलन गरेर काठमाण्डौ र भक्तपुरको सिमानामा अरवौँ लगानीको तयारी गरेको बुझिएको छ । सम्झनुहोस अर्को प्रतिनिधी सभा निर्वाचनमा किसान श्रेष्ठ काठमाण्डौ तथा भक्तपुरको निर्वाचन क्षेत्रबाट चुनावमा होमिनेछन् त्यतिबेला बाराका जनताले टाउकामा हात लगाउने बाहेक अन्य उपाय नरहने उनलाई नजिकबाट बुझ्नेहरु बताउछन् ।  ।