इटहरीः सभामुख अग्नि प्रसाद सापकोटाले सिन्धुपाल्चोकको कुबिण्डे सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट पहिलो मतदान गरेका छन् ।

चौतारा साँगचोकगढी नगरपालिका–४ कबिण्डेबाट ७ बजे बिहान मतदान गरेका हुन् । सभामुख सापकोटा मतदान गर्न मङ्सिर २ गते गृहगाउँ कुबिण्डे आइपुग्नु भएको थियो । सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ उनको निर्वाचन क्षेत्र हो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका छन्  ।

उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन् ।  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए ।   प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ । 

सहरी विकास मन्त्री एवं दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मेटमणी चौधरीले गढवा गाउँपालिका स्थित जनता माध्यमिक विद्यालयमा रहेको बुथ नम्बर (ग) बाट मताधिकार प्रयोग गरेका छन् । 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको कोहलपुरमा मतदान गरेका छन् । उनले बाँके क्षेत्र नं १ कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका छन् । 

narayankaji1_x3zVJ4sOKE

मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन उषा र आइपी खरेलले पनि मतदान गरे । मन्त्री अथक बाँके क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेदवार पनि हुन् ।

पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङ – ६ थाक्ले मतदान  केन्द्रबाट मताधिकार प्रयोग गरेका छन् । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थली मतदान केन्द्रबाट मतदान गरेका छन्  ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले स्वयम्भू स्थित भुईखेल मतदान केन्द्र क बाट मतदान गरेका छन् । 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका श्रेष्ठले बिहान ८ बजेतिर मतदान गरेका हुन ।  उनीसँगै प्रदेशसभा ख का उम्मेदवार अमिन पाण्डेले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रबाट १९ जना उम्मेदवार छन् । 

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जन्मथलो गोरखाबाट मतदान गरेका छन् ।  

राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

shekhar_1_Rkc6rXDkck

कांग्रेस नेता डा शेखर कोइरालाले मतदान गरेका छन् । आइतबार बिहान उनले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रमा मतदान गरेका छन् । 

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार तथा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन् । 

नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट मतकेन्द्रमा मतदान गरेका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा सुर्खेत–१ मा उम्मेदवारसमेत छन् । खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरिन् ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उनी ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुन् । सो अवसरमा उहाँले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमुनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गरिन् ।