इटहरीः मतदानको कार्यक्रम सकिएलगत्तै देशभरी मतपेटिका संकलन हुने र आजैबाट मतगणना शुरु हुने भएको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान सकिएर मतपेपटका संकलन भएपछि आजै मतगणना सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् ।  

भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्ने तयारीमा आयोग रहेको बताए ।

‘बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिनेछ’ उनले भने, ‘बेलुका ८ बजेतिरबाट मतगणना सुरु गर्ने तयारी गरेका छौं ।’ एक साताभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने आयोगको योजना रहेको उनले बताए । प्रमुख आयुक्त थपलियाले यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने आंकलन गरेका छन् ।