इटहरीः  आइतबार भएको प्रतिनिधी सभाको निर्वाचनको ताजा मत परिणामको आधारमा जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई ६ हजार मतान्तरले पछि पार्दै अघि बढिरहेका छन् । 

निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले दोब्बर मतले अग्रता लिएको हो  । सो पार्टीका अध्यक्ष समेत रहेका चन्द्रकान्त(सीके) राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पाँच हजार ८२३ मतले पछाडी पारेका छन् । 

अहिलेसम्म गनिएको मतमा जनमतका अध्यक्ष राउतले ११ हजार ६ सय ६९ मत ल्याएका छन् ।

एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले भने ५ हजार ८ सय ४६ मत ल्याएका छन् । मतपरिणाम अनुसार  तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत ल्याएका छन्न् । मतगणना जारी छ ।