इटहरीः लागुऔषध सम्बन्धि मुद्धामा फरार रहेका प्रतिवादी धरान उपमहानगरका गुमान राई पक्राउ गरेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयको आईटी समुहको प्रहरी टोलीले लागूऔषध गाँजा मुद्धाका फरार प्रतिवादी राईलाई घरगाउँमा नै लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।
लागूऔषध गाँजा मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८–११–२३ गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना ४ दिन कैद र ५ हजार ५ सय रुपैयाँ जरिवान बेरुजु रहि फरार रहेका थिए । प्रहरीको टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानको लागि झुम्का कारगार पठाईएको प्रहरीले जनाएको छ ।