इटहरीः बलात्कारको घटनालाई मुद्धा मिलाइदिने भन्दै पैसाको बार्गेनिङ्ग गर्ने धरान १४ कि शान्ता खड्का विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । 

खड्का विरुद्ध पुर्पक्षका लागि थुनामा गएका एक व्यक्तिको परिवारसँग मुद्दा मिलाइदिने भन्दै बार्गेनिङ्ग गरेको आरोप छ ।  

तर आफुलाई  पक्राउ गर्ने खवर पाएपछि खड्का भने फरार भएको पाइएको छ । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । आफुलाई महिला अधिकारकर्मी भन्दै धरान १४ मा बस्ने खड्काले विभिन्न घटना मिलाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको आरोप लाग्दै आएको थियो । 

उनले महिला सञ्जालको नाम लिएर पीडित महिलालाई न्याय दिलाउने नाममा पीडक पक्षसँग पैसाको बार्गेनिङ गर्ने गरेको प्रमाणहरु पछिल्लो समय सार्वजनिक भएको थियो ।

धरान १७ मा बस्दै आएका एक व्यक्ति खड्काको समेत संलग्नतामा बलात्कार आरोपमा थुनामा छन् । ती व्यत्तिलाई छुटाउन साक्षी बसेकालाई वयान फेर्न लगाउने भन्दै खड्काले उनकी श्रीमतिसँग खड्काले १० लाखको बार्गेनिङ्ग गरेको प्रमाण बाहिर आएको छ । सोही प्रमाणको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो दश लाख पछि बार्गेनिङ्ग गर्दै  साढे ३ लाख मागेर दैनिक जसो फोन गर्ने गरेकी थिइन् । 

खड्काले आफु महिला सञ्जालको भन्दै बार्गेनिङ गरेको थाह पाएपछि महिला सञ्जाल धरानले पनि कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएको थियो । सञ्जालको सदस्यसमेत नभएपनि खड्काले विगतमा पनि सञ्जालको नाम लिएर बार्गेनिङ गरेको थाह पाएपछि प्रहरी कार्यालयमा झिकाएर आइन्दा त्यसो नगर्ने सर्तमा छोडेको थियो ।