इटहरीः नेपाल प्रहरी र भन्सार कार्यलय विराटनगरको टोलीले विराटनगर – ७ महावीर रोडस्थित एक व्यापारीको गोदाममा छापा मार्दा एकै गोदामबाट २ गाडी तस्करीको सामान बरामद गरेको छ । 

कपडाका व्यापारी अनिल साहको गोदाममा प्रहरी र भन्सारका कर्मचारीले छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । 

साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेको सुचना पाएपछि भन्सारले गोदाममा छापा मारेको हो ।  सुनसरी र मोरङका क्या रिङ गर्नेहरू मार्फत भारतदेखि अवैध रूपमा ल्याएर तस्करीको कपडा विराटनगर ७ महावीर रोडस्थित मुकुन्द बस्नेतको दोस्रो तला पुरै भाडामा लिएर कपडा राख्ने गरेको पाइएको छ  ।

 तस्करी गरी ल्याएको कपडा विराटनगरको बजारसहित पूर्वको विभिन्न नाका पठाउने गरेका थिए । साहको  विराटनगर ७ महावीर रोडमा कपडाको होलसेल पसल छ उनले त्यहि पसलबाट प्रदेश एकका विभिन्न स्थानमा सप्लाई गर्दै आइरहेका छन् । 

गोदामबाट भन्सार र प्रहरी टोलीले  एउटा ट्याक्टर र प्रहरीको बस भरिने गरी कपडा बरामद गरेको छ ‘विशेष सूचनाको आधारमा तस्करीको कपडा ल्याएपछि हामीले बरामद गरिएको भन्सारले बताएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।