बेलबारीः बेलबारीमा निर्माणधिन सरकारी संरचनाहरुमा कमसल सामाग्रीहरुको प्रयोग भईरहेको पाइृएको छ । बेलबारी ४ मा निर्माणधिन बेलबारी अस्पताल,बेलबारी ५ मा निर्माणधिन धनपालगढी क्षेत्रमा निर्माण भएका संरचनामा कमसल सामाग्रीहरुको प्रयोग भएको पाईएको छ ।
बेलबारीको धनपालगढी पर्यटकीय विकास क्षेत्रमा निर्माणाधीन संरचनामा सम्झौता विपरीत कमसल सामाग्री प्रयोग भएको पाइएको छ । वडा नम्बर ५ मा रहेको सो क्षेत्रमा क्षेत्र विकासको लागि निर्माण हुँदै गरेको संरचनामा अनुगमनको क्रममा कमसल सामाग्रीको प्रयोग भएको भेटिएको हो ।
सो क्षेत्रमा ८ करोड २३ लाख ३४ हजार बराबरको विभिन्न संरचना निर्माण भइरहेको छ । सोही निर्माणाधीन संरचनामा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको नेतृत्वमा गरिएको अनुगमनमा सम्झौता विपरीत सिमेन्ट र इँटा प्रयोग भएको भेटिएको छ ।
यस अघि पनि स्थानीयको गुनासोसँगै नगरपालिकाले गरेको अनुगमनमा गुणस्तरहीन काम भएको भेटिएको थियो । त्यस बेला निर्माण सामाग्री सम्झौता अनुसारको प्रयोग गर्न लगाएको थियो भने सम्झौता विपरीतका सामाग्री फर्काएको थियो । तर पुन सम्झौता विपरीत निर्माण सामाग्री भेटिएको हो ।
यसैबिच बेलबारी वडा नंम्बर ४ मा ११ करोड बराबर लागतमा निर्माण हुँदै गरेको बेलबारी नगर अस्पतालमा कमसल सामाग्री प्रयोग भएको जनगुनासो बढेको छ । सोही अस्पतालको नगरप्रमुख दिलप्रसाद राई र उपप्रमुख नितु थापाले पटक पटक अनुगमन गरी नगर अस्पताल भवन निर्माणमा सम्झौता अनुसारको सामाग्री प्रयोग नभएको पाइए पछि तत्काल काम रोकिएको थियो ।
यस अघि पनि सम्झौता सर्त विपरीत सिमेन्ट प्रयोग गरेको प्रमाण फेला परेको थियो । त्यस बेला पनि केही समय काम रोकिएको थियो । कमसल निर्माण सामाग्री फिर्ता गरे पछि मात्र काम सुचारु गरिएको थियो ।
नगरपालिकाले पटक पटक सचेत गराउँदा पनि निर्माण सामाग्रीहरुमा ठेकेदारले लापरबाही दोहोरयाईरहेका छन । । अस्पताल शृङ्खला निर्माण सेवा नुवाकोटले निर्माण गरिरहेको छ । यि बाहेक बेलबारीमा निर्माणधिन सरकारी संरचनाहरुमा कमसल सामाग्रीहरुको प्रयोग भएको जनगुनासो बढेको छ ।