इटहरीः आलुबारीमा गाडिएको अवस्थामा सुनसरीको कोशी गाउँपालिकामा एक जना किशोरको शव फेला परेको छ ।
हत्या गरी आलुबारीमा गाडिएको अवस्थामा सुनसरीको कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहाका रन्जित कुमार यादव रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार मृतक यादव १६ बर्षीय किशोर हुन ।
किशोरको शव बुधवार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनी मंगलबार दिउँसो देखि हराइरहेका थिए ।
उनी घरबाट लौकही गएको भनिएका उनी हराएको परिवारले बताएको प्रहरीले जनाएको छ । स्थानीयवासीले आधा गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । प्रहरी अनुसार घटनाको अनुसन्धानमा कुकुर परिचालन गरेको र थप अनुसन्धान जारी रहेको छ ।