इटहरीः इटहरी उद्योग वाणिज्य संघको निर्वाचन अर्को सुचना नहुन्जेल सम्मका लागि स्थगित भएको छ । 

माघ १४ गतेको लागि तोकिएको निर्वाचन बैद्यानिकताको कारण गर्न नमिल्ने भन्दै निर्वाचन समिति नै पन्छिएपछि स्थगित भएको हो । 

बुधबार बसेको निर्वाचन समितिको बैठकले ३ बर्ष २ महिना भित्र गरिसक्नु पर्ने उद्योग वाणिज्य संघको निर्वाचन सो भन्दा लामो समय भइसकेका कारण साधारण सभाले निर्णय गरेको खण्डमा मात्रै गर्न सकिने भन्दै स्थगित भएको सुचना प्रकाशित गरेको छ । 

व्यावसायी भिम बहादुर पौडेलको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिले झण्डै साढे तीन बर्ष पदमा विताइसकेको छ भने पौडेलकै निजि महत्वकांक्षाको कारण बारम्बार चुनावको मिति सारिँदै आएको थियो । गत स्थानीय निर्वाचन ताका नै गर्नुपर्ने निर्वाचनलाई पौडेलले आफु मेयरको टिकट पाउने दाउमा त्यतिवेला स्थगित गरेका थिए भने पछि प्रदेश तथा संघीय निर्वाचनको बेला प्रदेस सभामा टिकट पाउने दाउमा निर्वाचनको मिति घोषणा गरिएको थिएन । 

323176381_2236511003213165_7966505484740096184_n

अहिले आएर माघ ११ गतेलाई साधारणसभा तोकिएको छ भने माघ १४ गतेलाई निर्वाचन तोकिएको थियो तर महासंघको वैद्यानिकताको आधारमा तीन बर्षभित्रै चुनाव हुनुपर्ने र सो नभएर कारण सहित ६० दिनभित्र गरीसक्नु पर्ने भएपनि सो भन्दा बढि समय गुजारी सकेको हुँदा साधारण सभा नभई यो निर्वाचन समितिले निर्वाचन गराउन समेत नसक्ने भएपछि स्थगित गर्नुपरेको बताइएको छ । 

बुधबार निर्वाचन समितिका विश्वप्रसाद रिजालले एक सुचना प्रकाशित गर्दै साधारण सभाले नयाँ निर्वाचन समिति बनाउने र नयाँ कार्य तालिका अनुसार मात्रै निर्वाचन हुने बताएका छन् । 

उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपा एमाले खेमाबाट रन्जु सिग्देलले उम्मेद्वारी घोषणा गरेकी छन् भने कांग्रेस खेमाबाट आधिकारी उम्मेद्वार आइसकेको छैन । वर्तमान अध्यक्ष भिम पौडेल आफैँ निर्वाचनमा होमिन लागेको स्रोतले बताएको छ भने अर्की व्यावसायी गायत्री कट्वाल भण्डारीले लामो समयदेखि निर्वाचन लक्षित तयारी गरीरहेकी छन् । यता होटल व्यावसायी संघका अध्यक्ष जिवन पराजुली समेत आफु अध्यक्षको लागि योग्य गरेको भन्दै आफ्नो तयारी गरीरहेका छन् ।