इटहरीः उद्योगी व्यापारीहरुको संस्था राष्ट्रिय उद्योग व्यापार संघ इटहरी उपमहानगरकमिटिको बुधबार गठन गरिएको छ । इटहरी उपमहानगरक्षेत्रका रहेर व्यापार गरिरहेका व्यापारीहरुको भेलाले देवेन्द्र बस्नेतको अध्यक्षतामा २५ सदस्यीय उपमहानगरकमिटी गठन गरेको हो ।
संघको सचिवमा सञ्जिब खड्का रहेका छन् भने सदस्यहरुमा बेचन परियार, भुपाल सुन्दास, महेश्वर भण्डारी, राम दयाल, सिता घिमिरे, सुदिप ढुंगेल, प्रेम रौतार, नविन राई, चेवन खतिवडा, देउमान दर्जी, बालकृष्ण तिरुवा लगायत रहेका छन् ।
राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय उपाध्यक्ष शैलेस कुमार बिष्टको प्रमुख आतित्थतामा भएको भेलाले नव गठित कमिटीलाई बद्याई तथा शुभकामना प्रदान गरेको थियो । प्रमुख अतिथीको मन्तव्य राख्दै उपाध्यक्ष बिष्टले उद्योगी व्यापारीहरु एक हुनुको विकल्प नरहेको बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथी रहेका नेकपा एकिकृत समाजवादी पार्टीका इटहरी उपमहानगर कमिटीका इन्चार्ज केवल प्रसाद फुयालले पुंजीवादी अर्थव्यावस्थाको अन्त्य गर्नका लागि राष्ट्रिय उत्पादनमा जोड दिनुपर्ने बताएका थिए । फुयालले समाजवादी अर्थ व्यावस्थाको को लागि लघु उद्योगमा जोड दिएर कृषिमा औद्योगिकरण गर्नुपर्न आवश्यकता समेत औल्याए । कार्यक्रममा अभियान्ता गौरीमान परियार, नेकपा एस इटहरीका सह इन्चार्ज रमेश खत्री, नगरकमिटी अध्यक्ष गणेश बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।