इटहरीः इटहरी उपमहानगरले सडक क्षेत्र भित्र रहेका भौतिक संरचनाहरू हटाउन सुरु गरिएको छ । डोजर लिएर घर भत्काउन पुगेका इटहरीका मेयर हेमकर्ण पौडेलले सडक भित्र पर्ने घरहरु भत्काउन सुरु गरेको बताए ।  इटहरी ९ स्थित विराटनगर लाइनको २ वटा घरहरूमा डोजर लगाएर भत्काइएको हो ।

रानी विराटनगर जोडर किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रवार देखी इटहरीमा डोजर चलाइएको मेयर पौडेलले बताए ।

327501478_730971865053886_8419968297971532287_n

इटहरीका राजनीतिक दल , प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरू हटाउने निर्णय स्वरूप शुक्रवार वाट अभियान थालिएको इटहरी उपमहानगर वडा नं ९ का वडाध्यक्ष  जितेन थापाले बताए । 

सडक परियोजना अन्तरगत सडकको बिच भागबाट ५५ फुट कायम हुने गरी शुक्रवार  देखि डोजर चलाइएको उपमहानगरले जनाएको छ ।