प्रकाश बन्जारा
इटहरीः इटहरी उद्योग वाणिज्य संघको निर्वाचन यहि माघ २८ गतेलाई तोकिएको अवस्थामा अध्यक्षको लागि इटहरीका व्यावसायी जीवन पराजुलीले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
मंगलबार प्रदेश पोर्टलसँंगको कुराकानीमा बोल्दै पराजुलीले उद्योग वाणिज्य संघलाई धनी मनि तथा ठुला उद्योगीको मात्र नभई पान पसलेले पनि आफ्नो संस्था भन्ने अवस्थामा उद्योग वाणिज्य संघलाई पुर्याउने दावी पराजुलीले गरेका हुन ।
व्यावसायीका धेरै समस्याहरु चाङ्ग लागेर बसेको र ती समस्या समाधानका लागि आफ्नो उम्मेद्वारी रहेको अध्यक्ष पदका उम्मेद्वार जिवन पराजुलीले बताएका छन् ।
वर्तमान कार्यसमितिका सदस्य तथा पर्यटन बिभागका प्रमुख पराजुलीले आफु सदस्यमा रहँदा पनि व्यावसायीका मुद्धा धेरै हेरेको तर आफैँ नेतृत्वमा रहेर एक कार्यकाल व्यासायीका लागि खर्च गर्न आफुले उम्मेद्वारी दिएको उनको भनाई छ । कर तिरेर व्यावसाय गरीरहेका व्यावसायी कर कार्यलयका गाडी तथा करका मान्छे देख्नासाथ भाग्नुपर्ने अवस्था आएका कारण त्यो आफुले राम्रोसँग बुझेको र यसलाई सुधार गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको पराजुली बताउँछन् ।
होटल व्यावसायी संघ इटहरीको अध्यक्षमा रहँदा आफुले व्यावसायीको लागि गरेको कामको मुल्याँकन गर्दै व्यावसायीहरुले आफुलाई विश्वास गरेको कारण पनि आफुले उद्योग वाणिज्य संघको निर्वाचनको लागि अध्यक्षमा उम्मेद्वारी दिएको पराजुली बताउँछन् ।
इटहरीकै लामो इतिहाँस बोकेको पराजुली परिवारको व्यावसायबाट चिनिएका पराजुली होटल व्यावसायी संघको अध्यक्ष रहिरहँदा आफुले व्यावसायीको लागि झण्डै तीन चार सय व्यावसायीको मुद्धा आफैँले हेरेको र त्यसका कारण पनि आफु व्यावसायीको नजिक रहेको बताउँछन् । व्यावसायीलाई बेला बेला आउने करका, चेकका समस्या लगायतमा आफुले विशेष ध्यान दिएको उनले बताए ।
भिम बहादुर पौडेल नेतृत्वको उद्योग वाणिज्य संघले कोरोना कालमा आइसोलेसन निर्माण गर्नेदेखि लिएर धेरै कामहरु गरेको भएता पनि गरेको काम देखाउन नसकेका कारण ओझेलमा परेको उनको भनाई छ ।
उद्योग वाणिज्य संघ पाटीगत रुपमा गएको भन्दा आफुहरुलाई दुख लागेको बताउँने पराजुली उद्योग वाणिज्य संघ विशुद्ध व्यावसायीको संस्था भएकाले त्यसमा पार्टीगत ट्याग लगाएर आउन नहुने र आफु विशुद्ध व्यावसायीको हिसावले उद्योग वाणिज्य संघको अध्यक्षको दावी गरिरहेको बताए ।
पान पसलेले पनि क्षमताको आधारमा उद्योग वाणिज्य संघमा आउन सक्नु पर्छ भन्ने पक्षमा आफु रहेको बताउने पराजुली उद्योग वाणिज्य संघमा महिलाले नेतृत्वको लागि आँट गर्नु राम्रो पक्ष भएता पनि जतिवेला पनि व्यावसायीको लागि खट्न सक्ने नेतृत्व चाहिने भएकाले भावनामा बगेर भन्दा पनि असल नेतृत्व छान्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।
इटहरीका व्यावसायीहरुमा करको समस्या रहेको र यसलाई चिर्न उद्योग वाणिज्य संघको नेतृत्व सफल हुनुपर्ने बताउँछन् । व्यासायी, घरवेटी र स्थानीय सरकार मिलेर करको समस्याको समाधान गर्नुपर्ने र व्यावसायीले बिभिन्न नाममा कर तिर्नुपरेकोले त्यसको समाधानको लागि समेत स्थानीय सरकारसँग पहल गर्नुपर्ने आवश्यकता रहेको पराजुली सुनाउँछन् ।
उद्योग धन्दा चौपट भएको अवस्थामा आफ्नो नेतृत्वमा बन्ने उद्योग वाणिज्य संघको कार्यसमितिले विज्ञ राखेर समस्याको समाधानमा पहल गर्ने र व्यावसायीलाई अन्याय परेको कुरामा बोल्न जिवन पराजुली नडराउने उनले बताए । व्यावसायीहरुमा एकता नभएको बताउँदै उनले उद्योग वाणिज्य संघको फ्रेममा व्यावसायीको एकता बनाउने र उद्योग वाणिज्य संघको भवनमा तालिम हल समेत निर्माण गरेर बिभिन्न प्रकारका तालिम कार्यक्रमहरु सञ्चालन गर्ने आफ्नो योजना गरेको जिवन सुनाउँछन् ।
व्यावसायीलाई लाभ हुने प्रकारका र हुन नसक्ने एजेण्डा लिएर आफु अगाडी बढ्ने पराजुलीले सुनाए । आफु फुर्सदिलो मान्छे भएकाले २४ घण्टामा व्यावसायीले बोलाएको ठाउँमा आफु पुग्ने बताउँदै उनले उद्योग वाणिज्य संघ पैसा वालाको मात्रै नभई पान पसलले पनि सदस्य हुन पाउने र साधारण व्यावसायी पनि त्यहाँ जान सक्ने वातावरण आफुले तीन बर्ष भित्र बनाउने दावी गर्छन ।
आफुले कति व्यावसायीका प्रहरी, करकार्यलय तथा आन्तरिक राजश्वसँग डराएका थुप्रै व्यावसायीको समस्याको समाधानका लागि पहल गरेको र समाधान समेत निकालेको बताउने पराजुली एक पटक नेतृत्व गर्न दिए आफुले काम गरेर देखाउने र एक कार्यकाल आफ्नो लागि काफि भएको प्रतिक्रिया दिन्छन् ।
‘यसपालिको नेतृत्व फरक ढंगले आउँछ त्यो नेतृत्वले काम गर्छ र व्यासायीको समस्याको समाधान फरक ढंगले समाधान गर्छ ।’ पराजुलीले भने ।
डोजर चल्दा समेत छाती थापेको उदाहरण दिँदै पराजुलीले यसपालिको उद्योग वाणिज्य संघको निर्वाचनमा आफु निर्वाचित हुनेमा ढुक्क रहेको सुनाए ।
इटहरी उपमहानगरको नेतृत्वले सहरको सौन्दर्यकरण गरेसँगै बजारमा पार्किङ्गको समस्या रहेको र पार्किङ्गको समस्या समाधानको लागि आफुले यस अघिदेखिनै पहल गरिसकेको र आफु उद्योग वाणिज्य संघको नेतृत्वमा आउन सके आफुले पार्किङ्ग समस्याको समाधान गर्ने दावी समेत प्रकट गरेका छन् ।
व्यावसायीलाई निधक्कसँगले आफुलाई भोट गर्न र भावनामा र कर काप तथा दवावमा नपर्न र आफुलाई भोट गर्न अपिल पराजुलीले गरेका छन् ।