इटहरीः उद्योग वाणिज्य संघ इटहरीको यहि माघ २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका व्यावसायी जीवन पराजुलीले आफ्नो जित निश्चित भएको दावी गरेका छन् ।
आफुले आफ्नो प्यानलमा समावेसी समुहलाई समेटेको र सबै तह र तप्काका व्यावसायीको चाहाना इटहरी उद्योग बाणिज्य संघको आगामी नेतृत्व सवल र व्यावसायीका लागि बोल्न सक्ने होस भन्ने हिसाबले आफु नै योग्य उम्मेद्वार रहेको दावी पराजुलीले गरेका छन् ।
बोल्ने र भावनामा बग्ने भन्दा पनि इटहरीका व्यावसायीको हितका लागि काम गर्ने नेतृत्व आवश्यता भएको भन्दै पराजुलीले आफ्नो जित पक्का भएको बताएका छन् ।
उद्योग वाणिज्य संघ पार्टी भन्दा पनि व्यावसायीको हितमा कामगर्ने संस्था भएको नाताले आफुले विशुद्ध व्यासायीको नाताले उम्मेद्वारी दिएको र एक कार्यकाल इटहरीका व्यावसायीका लागि काम गर्ने उदेश्यका साथ अघि बढेको बताउँछन् ।
विगत लामो समयदेखि व्यावसायमा होमिएका पराजुली इटहरीको संगीत चोकमा रहेको होटल इन्टुरिस्ट प्यालेसका संचालक समेत हुन । होटल व्यावसायी संघ इटहरीको अध्यक्षको रुपमा अनुभव संगाली सकेका पराजुली आफुलाई व्यावसायीक अनुभव भएका कारणले पनि आफु उद्योग वाणिज्य संघको काममा परिचित रहेको दावी गर्छन ।
भिम बहादुर पौडेल नेतृत्वको कार्यसमितिमा रहेर एक कार्यकाल काम गरेका पराजुली कार्यसमिति सदस्य तथा पर्यटन बिभागको प्रमुख समेत थिए ।
आफ्नो कार्यकालमा इटहरीका व्यावसायीका लागि थुप्रै काम भएता पनि उवासंघको नेतृत्व हाक्ने भिम पौडेल देखाउने भन्दा पनि काममा विश्वास गर्ने भएकाले ओझेलमा परेको उनले बताएका छन् ।
पराजुलीले आफ्नै नेतृत्व र पहलमा इटहरीमा रात्रीकालिन बजार अर्थात साँझको ११ बजेसम्म निर्धक्क होटल व्यावसाय चलाउन सक्ने गरीको व्यावस्था गरेको र भोलीका दिनमा अझ व्यावसायीका लागि हितका कामगर्ने बताएका छन् ।
इटहरीका व्यावसायीलाई पिडित बनाएको पार्किङ्ग निषेधको समस्यालाई आफुले स्थानीय सरकारसँगको पहलमा समाधान गर्ने दावी गरेका छन् । हुन त उवासंघको निर्वाचनको संघारमै रहँदा पराजुली लगायतका व्यावसायीको समुह इटहरी उपमहानगरपालिकामै पुगेर नगरप्रमुख हेमकर्ण पौडेलसँग पार्किङ्ग समस्याको समाधानको आग्रह गरेका थिए ।
बिहिबार अध्यक्षको लागि मनोनयन पत्र दर्ता गर्दै गर्दा पराजुलीले आफु व्यावसायीका लागि कामगर्ने र कामगर्न नसकेको अवस्थामा एक बर्षमा व्यावसायीकै अगाडी राजीनामा दिएर निस्किने समेत खुलासा गर्न भ्याए ।
इटहरीका व्यावसायीले अहिले करको घर बहालको , पार्किङ्गको र बैँक व्याजको चर्को समस्या खेपिरहनुपरेको बताउँदै पराजुलीले आफ्नो नेतृत्वले यी सबै समस्याको लागि पहल गर्ने बताएका छन् । श्ुाक्रबार बाटै पराजुलीको समुहले व्यावसायीको घरदैलो गर्ने र मत माग्ने काम शुरु गरिसकेको छ ।