सुनसरीः इटहरी मदिरा व्यवसायी सङ्घको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट राजेन्द्र कुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिवार इटहरी १४ स्थित इभरग्रिन गार्डेन एण्ड रिर्सोटमा सम्पन्न भेलाले राईको अध्यक्षतामा १८ जना नयाँ कार्यसमिति चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा कमल बाबु मैनाली, विनोद घिमिरे र भोलानाथ लुइँटेल चयन भएका छन् । यस्तै सङ्घको सचिवमा दीप नारायण चौधरी, कोषाध्यक्षमा पुष्कर चापागाईँ, सहसचिवमा राज जी थापा चयन भएका छन् ।
सदस्यहरूमा भने बाबुराम तिम्सिना, अर्जुन श्रेष्ठ, मनिष गौतम, रमेश श्रेष्ठ, प्रदीप साह, धिरेन्द्र अग्रहरी, आश्रित चापागाईँ, मधु प्रसाद ढकाल, लेखनाथ भटराई, प्रेम प्रसाद खनाल र तारा दाहाल छन् ।
निवर्तमान अध्यक्ष रन्जन कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा व्यवसायी सङ्घ प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा धरान मदिरा व्यवसायी सङ्घका अध्यक्ष नवीन कुमार तामाङ लगायत अतिथिहरूको उपस्थिति रहेको थियो । नव गठित कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरूलाई प्रमुख अतिथिले शपथ ग्रहण गराएका थिए ।
प्रमुख अतिथि श्रेष्ठले देशको आर्थिक मन्दिले मदिरा व्यवसायीको क्षेत्रमा पारेको असरलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष राजेन्द्र कुमार राईले सङ्घको व्यवसायीक एकताको लागि आफूले उदाहरणीय काम गर्ने उद्घोष गरे ।