इटहरीः तरहरा देखि धरान सेउतीसम्म सर्वसाधरण यात्रुहरुलाई दैनिक आउजाउ गर्न सास्ती भएको भन्दै इटहरीका मेयर हेमकर्ण पौडेलले तत्काल काम सक्न निर्देशन दिएका छन । तरहरा –धरान सेउती सम्म ५ किलोमिटर सडक निमार्णमा ठेकेदारले लापरवाही गरेको भन्दै स्थलगत निरिक्षण गदै मेयर पौडेलले छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन ।
मेयर पौडेलले लामो समय देखि ठेकेदार पक्षको लापरवाहीले काम समयमा नसकिएको भन्दै ‘तरहरा–सेउती पुल सम्म यात्रा गर्न गाह्रो छ,’ उनले भने । सर्वसाधरणहरुले दुःख पाईरहेमा भन्दै मेयर पौडेल सहित प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता सहितको टोलीले स्थलगत अनुमगनमा गई ठेकेदार पक्षलाई यस्तो निर्देशन दिएको हो ।
प्रदेशको व्यापारीक सडकको रूपमा रहेको तरहरा देखि सेउती पुलसम्मको करिब ५ किलोमिटर सडक निर्माणको गति तीव्र पार्न निर्देशन दिएको मेयर पौडेलले बताए । सडक निमार्णको काम सुस्त हुदा दैनिक सयौ सर्वसाधरणहरुले दुःख पाईरहेको उनले बताए । पानीपिया क्षेत्रका भेटिएका ठेकेदार पक्षका म्यानेजर तारा खड्कालाई छिटो काम सक्न भनेको मेयर पौडेलले बताए ।
रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका प्रमुख इन्जिनियर धनकुमार शाक्यलाई पनि यस अघि नै उपमहानगरपालिकामा नै बोलाएर ६ लेन सडक विस्तारको काम सक्न मेयर पौडेलले निर्देशन दिएका थिए । तर काममा ढिला सुस्ती गरेकाले मेयर पौडेलले एक्सन लिएका हुन ।
विराटनगरको रानी योजना २०७४ साल असोजमा सम्पन्न गरिसक्नुपर्ने थियो । तर लामो समय देखि सडक विस्तारमा ढिलाई हँुदा इटहरी तथा आसपासका सर्वसाधरणहरुले दुःख पाउँदै आएकाले इटहरी सरकारले चासो देखाएको हो । इटहरी चोक आसपासमा समेत ढल निमार्णमा ढिलाई भएकाले मेयर पौडेलले कान्छाराम कन्टक्सनका दिपक थिङलाई समेत काम छिटो सक्न निर्देशन दिएका छन् ।