इटहरीः बैंकको चर्को व्याजदरका विरुद्ध झापाका कुखुरा पालक किसान र व्यवसायीहरु आफुले पालेका कुखुरा सडकमै राखेर आन्दोलन गरिरहेका छन् ।
उनिहरुले आफ्ना फर्ममा पालेका कुखुराहरु मुक्ति चौंकमा राखेर बैंकका विरुद्ध चर्का नाराहरु लगाईरहेका छन् । उनिहरुले व्यवसायीहरु र किसानहरुलाई मार्ने गरि व्याज दर बृद्धि गरेको बताएका छन् ।
बैंकले आफुखुसी थामि नसक्नुगरि व्याजदर बृद्धि गरेर पालयन हुने अवस्था सृजना भएको, बैंकको किस्ता हाल्न नसकेको र व्यवसायी तथा किसानले आत्महत्या गर्नु पर्ने अवस्था सृजना हुँदा पनि राज्य चुप लागेर बसेको आरोप आन्दोलनकारीहरुले लगाएका छन् ।