इटहरीः  माघ २० गते नेपाली काँग्रेसको इटहरी उपमहानगर समितिले एउटा अपिल जारी गर्यो । इटहरी नगर सभापति हेमकर्ण पौडेलको हस्ताक्षर सहित जारी भएको अपिलमा लेखिएको थियो उद्योग वाणिज्य सङ्घ इटहरीको २८ गते हुन गइरहेको निर्वाचनमा पार्टीको आधिकारी उम्मेदवार गायत्री कटुवाल भण्डारी रहेको र उनलाई विजयी गराउन उद्योगी व्यवसायीलाई हार्दिक अपिल गर्दछौ । 

यो अपिल जारी भएको ठिक भोली पल्ट काँग्रेस इटहरी नगर समितिको अर्के ध्यानाकर्षण सहितको अपिल जारी भयो । जसमा पार्टीको उप सभापति बालकृष्ण बिष्ट, सचिव मन्दिप भटराई, सह सचिव मेनुका गिरी र महाधिवेशन प्रतिनिधि विकास केसीले संयुक्त रूपमा हस्ताक्षर गदै पार्टीमा छलफल नगरी गैर राजनीतिक सङ्गठनका व्यक्तिलाई पार्टीको आधिकारी उम्मेदवार नमान्ने र स्वविवेक मतदान गर्न उद्योगी व्यवसायीलाई आवहान गरियो । 

दुई दिनमा दुई वटा पत्र सार्वजनिक भएपछि काँग्रेस निकट तर्फबाट उघोग वाणिज्य सङ्घको आधिकारिक उम्मेदवार को हो ? भन्ने विषयमा अहिले सङ्कट पैदा गराएको छ । उवासंघको निर्वाचनलाई लक्षित गरी काँग्रेस भित्रै दुई धार देखिएपछि अहिले पार्टी निकट व्यवसायीहरू पार्टी प्रति रुष्ट बनेका छन् । काँग्रेस पार्टी सभापति र इटहरी उपमहानगरको मेयर हेमकर्ण पौडेलले उद्योगी व्यवसायीहरुको निर्वाचनमा स्वार्थको राजनीति गरेको कांग्रेस कार्यकर्ताहरुले नै आरोप लगाउन थालेका छन् । 

330187642_5869912133099231_7997177368895477708_n 1

उवासंघको निर्वाचनलाई राजनीतिसँग जोडेर द्धन्दको अवस्था ल्याउन सभापतिले खोजेको काँग्रेस निकट व्यवसायीहरू बताउँछन् । 

पार्टी सभापति र पार्टीले व्यक्ति किटान गरेर निर्वाचनमा भोट माग्नु नै जायज नभएको उद्योगी व्यवसायीहरुको तर्क छ । 

काँग्रेस पार्टी सभापति पौडेलले पार्टीको सिद्धान्त बाहिर गएर व्यवसायीहरुको निर्वाचनमा राजनीति खेल्न खोजेको प्रति इटहरीका अन्य दलहरूले समेत दुःख व्यक्त गरेका छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा प्रेस विज्ञप्ति निकालेर काँग्रेस इटहरीले व्यवसायीको निर्वाचनलाई हस्तक्षेप गर्न खोजेको बताएका छन् । 

साथै स्वतन्त्र व्यवसायी समूहले समेत काँग्रेस पार्टीले व्यवसायीहरूको निर्वाचनमा गलत राजनीतिक स्वार्थ लिन खोजेको बताएका छन् । 

हाल उवासंघ निर्वाचनमा काँग्रेस निकट मानिएका गायत्री कटुवाल भण्डारी र जीवन पराजुली चुनावी मैदानमा छन् । तर इटहरी उपमहानगरका काँग्रेस निकट व्यवसायीहरू भने जीवन पराजुलीको पक्षमा खुलेर देखिन थालेका छन् । र पराजुलीको माहौल सबैभन्दा राम्रो बन्दै गएको छ । 

329606501_954829912557453_7072444076382027954_n 1

चुनावी माहौलमा अहिले एमाले निकट मानिएकी रञ्जु सिग्देल भन्दा पनि पराजुली अघि छन् । पराजुलीको समर्थनमा अहिले अन्य दल निकट व्यवसायीहरु समेत अघि देखिन थालेका छन् । 

त्यस्तै स्वतन्त्र रूपमै उम्मेदवारी दिएका वर्तमान महासचिव पीताम्बर पोखरेलले पराजुलीलाई समर्थन गरेका छन् ।

यता अध्यक्ष पदका उम्मेदवार पराजुली भने उद्योगी व्यवसायीको निर्वाचनमा राजनीतिक नघुसाउन आग्रह गरेका छन् । आ आफनो राजनीतिक आस्था भन्दा माथि उठेर व्यवसायीको हितका निम्ति सही नेतृत्व चुन्न व्यवसायीहरुलाई आग्रह उनले आग्रह गरेका छन् ।  माघ २८ गते शनिवार हुने निर्वाचनमा ४८९९ उद्योगी, व्यापारी तथा व्यवसायीले मतदान गदैछन् ।