इटहरीः इटहरीको उदगम बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक २५ बर्षीया तारा निरौंला(गौतम)को सुक्रबार निधन भएको छ ।
कार्यालयको कामको शिलशिलामा फिल्डमा खटिएका बेला दिँउसो १ बजे स्कुटरमा सवार उनलाई इटहरीको मुख्यचौंक स्थित ट्राफिक लाइट क्षेत्र भित्र ना ५ ख ४५५३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
गम्भिर घाईते को२१प ५४७७ नम्बरको स्कुटर सवार उनलाई तत्काल उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । उनको उपचारका क्रममा दिउँसो ४ बजे निधन भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
इटहरी ५ निवासी ताराका श्रीमान् नविन गौतम क्रिष्टल एकेडेमि बोर्डिङ स्कूलका प्रिन्सिपल हुन् । ताराको १० महिनाकी छोरी छिन् ।
ताराको निधनले सहकारी क्षेत्रले कर्मप्रति र्कतव्यनिष्ठ, मेहनती,सालिन होनाहार कर्मचारी गुमाएको उदगम साकोसले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै जनाएको छ । उनको दुःखद निधनले उदगम साकोसलाई मात्र नभई सहकारी सहकारीकर्मीहरुलाई नै स्तब्ध, दुखित र मर्माहत बनाएको उल्लेख गरिएको छ ।
ताराको आज(शनिवार) बिहान इटहरीको बुढीगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिने छ ।