इटहरीः  सुनसरीको इटहरीमा मुख्य कार्यलय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले आफुहरु आर्थिक दृष्टिले सवल रहेको र सहकारीमा कुनै पनि प्रकारको समस्या नरहेको बताएको छ । 

संस्था धारासायी रहेको समाचार प्रकाशन भएपछि त्यसको खण्डन गर्दै अम्बे बचत तथा ऋण सहकारी संस्थाले  शनिवार एक विज्ञप्ती सार्वजनिक गर्दैै पछिल्लो समयमा सहकारीका बारेमा प्रकाशित केही समाचार र अफवाहका कारण धेरै बचतकर्ताहरुले आफ्नो पैसा डुव्ने पो हो कि भन्ने भ्रम पैदा भएको भन्दै बचत फिर्ता माग्ने क्रम बढेको बताएको छ । 

बैंक तथा वित्तीय संस्थामा आएको तरलता समस्याका कारण केहि ठुलो रकम एकैसाथ फिर्ता दिन नसकिएको सत्य भएता पनि समाचारमा आएजस्तो र बजारमा हल्ला चलेजस्ता समस्या सहकारीमा नआएको स्पष्ट पारेको छ । 

331479065_932781001060779_5594768563303916746_n

संस्थाका संचालक अध्यक्ष फडिन्द्र बहादुर पुर्वछानेले हस्ताक्षर गरेको विज्ञप्तीमा अम्बे कोशीले ४्र५ करोड रुपैँया निक्षेप संकलन गरी ५४ करोड रुपैँया बराबरको रकम ऋण लगानी गरेको बताएको छ । यस्तो गत आर्थिक बर्षमा सहकारीले ६० लाख रुपैँया नाफा गर्न सफल भएको बताएको छ भने सार्वजनिक विदाको दिन बाहेक आफ्नो कार्यलय खुल्ला रहेको र आफ्ना नियमित कार्यलय सञ्चालन भइरहेको बताउँदै हल्लाका पछि नलाग्न बचतकर्तालाई आग्रह गरेको छ । 

३ सय सेयर सदस्य रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीले बिराटनगर बिराटचोक र दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर सेवा सञ्चालन गरीरहेको छ । 

व्यापार व्यावसायमा इतिहाँसमै ठुलो संकट र बैँकमा तरलताको अभाव रहेको कारण बचत कर्ताहरुले मागेको बचत रकम एकै पटक फिर्ता गर्न नसकिएको अम्बेले स्वीकार गरेको छ । बजारमा लगाएको कर्जा समेत ऋणीले एकै पटक तिर्न सक्ने अवस्था नरहेको कारण बचत फिर्तामा समस्या भएपनि आफुहरु सवल सहकारी भएका कारण तरलता व्यावस्थापन गर्दै जाने र नियमित कारोबार गरिरहेको अम्बेको भनाई छ ।

331560088_6565826490112628_233544611466304478_n