इटहरीः सुनसरीको इटहरीमा केन्द्रिय कार्यलय रहेको सपोर्ट लघुवित्त वित्तीय संस्थाले भोजपुरको षडानन्द नगरपालिकामा एक दिने बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । 

फाल्गुण ११ गते बिहिबार  षडानन्द नगरपालिका वडा नं ४ मा अवस्थीत सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दिङ्गलाले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सञ्चालन गरेको हो । 

 जेष्ठ नागरिक केन्द्रकी राममाया राईको सभापतित्वमा भएको वित्तीय साक्षरता कार्यक्रममा  वडा नं ४ को वडा अध्यक्ष राजकुमार तामाङ्ग प्रमुख अतिथि, ईलाका प्रहरी कार्यालय दिङ्गलाको ईन्चार्ज गोबिन्द बस्नेत विशेष अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न केन्द्रहरुबाट केन्द्र प्रमुख, उप प्रमुख, सदस्य र अविभावक गरि जम्मा ६५ जना सदस्यहरुका साथै शाखाका कर्मचारी तथा केन्द्रीय कार्यालयबाट योजना तथा अनुगमन विभागको विभागिय प्रमुख तथा कार्यक्रम संयोजक सञ्जय कुमार चौधरी र आन्तरिक लेखा परिक्षक्षण विभागको सोकेन्द्र कुमार रायको उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुवित्त कर्जा र बचत सम्बन्धि व्यवसाय दर्ता, व्यवसायको योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो ।

आफ्नो क्षेत्रमा सपोर्ट लघुवित्तले अति विपन्न तथा निम्न वर्गको लागि राम्रो काम गरेको तथा सदस्यहरु आत्म निर्भर समेत भएको कार्यक्रममा प्रमुख अतिथी तामाङ्गले बताएका थिए । 

संस्थाले समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यापारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने दिङ्गला शाखाका प्रमुख पेशल कुमार न्यौपानले बताए ।