इटहरीः इटहरीमा प्रधान कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले बिष्णुकान्त चौधरीलाई नायब कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । उनलाई संस्थाको सञ्चालक समितिले २०७९ फाल्गुण ११ गते देखि लागु हुने गरी सो पदमा नियुक्त गरिएको हो ।
विगत १८ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत चौधरीले १३ वर्ष नेरुडे लघुवित्तमा विभिन्न तह सहित इलाका प्रमुख सम्म र सपोर्ट लघुवित्तमा विभागीय प्रमुखको जिम्मेवारीमा कार्य गरेको लामो अनुभव संगालेका छन् ।
लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका चौधरीले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दे निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्दै आएका छन् ।