इटहरीः इटहरी उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष जीवन पराजुलीले आफ्नो तीन बर्षे कार्यकालका लागि उद्योग उपाध्यक्षमा विष्णु डाँगीलाई चयन गरेका छन् भने बाणिज्य उपाध्यक्षमा सविना कोइरालालाई चयन गरेका छन् । यस्तै महासचिवका विनोद पौडेल, सचिवका अशोक अग्रवाल र भवन निर्माण संयोजकमा अभिषेक बस्नेतलाई चयन गरेका छन् यसैगरी वस्तुगत संघ संयोजकमा उमेश दाहाल तथा पर्यटन प्रवद्र्धन समितिको सदस्यमा मिसन पराजुलीलाई चयन गरेका छन् । अध्यक्ष पराजुलीले कोषाध्यक्षमा सन्नी चौधरी र अन्र्तक्रिया संयोजकमा राजेन्द्र केशरी घिमिरेलाई चयन गरेका छन् । 

सचिवालयमा मनोनयन सकिएपछि गुटगत हिसावमा मनोनयन भएको र विद्यानको समेत पालना नगरिएको भन्दै केहि निर्वाचित  सदस्यहरु कार्यक्रमबाट बाहिरिएका छन् । उनिहरुले उद्योग तर्फबाट निर्वाचितलाई मात्रै उद्योग उपाध्यक्ष बनाउनु पर्नेमा आफ्नो गुटगत राजनिति गरेको आरोप अध्यक्षलाई लगाएका छन् । 

पदस्पापन पछि अथवा कार्यकारीणि समितिको बैठक बसेर मनोनयन गर्नुपर्नेमा अध्यक्षले आफ्नो गोजीबाट नाम निकालेर आफ्नो परिवारलाई मात्रै समेटेको विरोधी खेमाका निर्वाचित सदस्य ढुडीराज गुरागाईले बताए । 

अध्यक्ष पराजुलीले भने पदस्थापन कार्यक्रममा निर्वाचिन सदस्यहरुले नबुझी बिरोध गरेको तर वास्तविक कुरा बुझेपछि उहाँहरु आफँै आउने बताए । आफुसँग सिमित पदहरु रहेको तर आकाक्षीहरु धेरै हुँदा समस्या उत्पन्न भएको पराजुलीले प्रदेश पोर्टललाई सुनाए । कार्यकारीणि समितिको बैठक बसेर समस्याको समाधान गर्ने अध्यक्ष पराजुलीको भनाई छ ।