इटहरीः एकीकृत सरकारी कर्मचारी संगठन कोशी प्रदेशको प्रदेश अधिवेशन बुधबार इटहरीमा सम्पन्न भएको छ । 

कोशी प्रदेशका १४ वटै जिल्लाबाट भेला भएका सरकारी कर्मचारीहरुको पहिलो अधिवेशनले निजामती ऐनमा भएका कतिपय बुँद्धाहरुले सरकारी कर्मचारीहरुको वृद्धि विकासलाई एकरुपमा नहेरेको बताइएको थियो । 

संगठनकी संयोजक भुवन राईको सभापतित्वमा भएको प्रदेश अधिवेशनमा प्रमुख अतिथी प्रदेश सभा सदस्य राजेन्द्र कुमार राईले सबै आन्दोलनको परिणाम छिटो र राम्रो नआउन पनि सक्ने भएकाले धेर्य धारण गर्न आग्रह गरेका थिए । 

एकीकृत सरकारी कर्मचारी संगठन एकीकृत समाजवादी पार्टीको मात्र नभएर निजामती कर्मचारी संगठनले सबै कर्मचारीलाई समेट्न नसकेकाले यसको गठन भएको संगठनमा निवर्तमान अध्यक्ष मोहन कुमार घिमिरेले बताए । उनले एक सयमा रुपैँयामा सदस्यता नविकरण गर्ने कर्मचारीलाई १ लाख रुपैँयाको बीमा समेत गरिने र संगठनका गतिविधिलाई प्रविधिमैत्री बनाउन एप समेत निर्माण गर्न लागिएको सुनाए । 

सावित्रा कटेलले स्वागत गरेको कार्यक्रमलाई पेशागत महासंघ कोशी प्रदेशका अध्यक्ष लेखनाथ भटराई, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य धर्मराज निरौलाले समेत सम्बोधन गरेका थिए । 

अधिवेसनकै अवसर पारेर संगठनले बिभिन्न समयमा संस्थालाई चलायमान बनाउन र योगदान गरेका कर्मचारी तथा निवृती भरण पाएका व्यक्तित्वलाई सम्मान गरेको थियो । कार्यक्रम प्रकाश राईले सन्चालन गरेका थिए ।