प्रकाश बन्जारा  

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले कार्यालयका एघार जना कर्मचारीलाई आवश्यता भन्दा बढी  बढी जिन्सी सामान हस्तान्तरण गरेको देखिएको छ । 

गत आर्थिक बर्ष २०७८÷०७९ को महालेखा परिक्षकले देखाएको लेखापरिक्षण प्रतिवेदन अनुसार उपमहानगरले एघार जना कर्मचारीलाई २ वटाका दरले ल्यापटप खरिद गरेको छ । 

कार्यालय प्रयोजनका लागि भनेर हस्तान्तरण गरिएको जिन्सी सामानहरु एक एक थानमात्रै दिनुपर्नेमा एक भन्दा बढी सामाग्री दिएको पाइए पछि महालेखाले उपमहानगरलाई उत्त सामान कर्मचारीबाट फिर्ता लिन निर्देशन दिएको छ । 

आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ९९ अनुसार कार्यलयले आवश्यता भन्दा बढी जिन्सी समान खरिद गर्नै रोक लगाएको छ ,तथापि पालिकाले भने आवश्यकता भन्दा बढी जिन्सी सामान खरीद गरी एक भन्दा बढि जिन्सी सामान एकै कर्मचारीलाई हस्तान्तरण गरेको पाइएको हो । 

एक भन्दा बढी ल्यापटप पाउनेमा नगरपालिकाका कर्मचारीहरु तत्कालिन सामाजिक शाखा प्रमुख माया राई, घनश्याम सिग्देल, इन्जिनियरद्धय कैलास तिमल्सिना, अरुण भक्त राजलवट, गंगा अधिकारी, कुन्दन साफी, सन्दिप बास्तोला, दिपेश आचार्य, शिक्षा शाखा प्रमुख सुर्यप्रसाद सुवेदी, वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी र रेवती पोखरेल छन् । उनिहरुको नाममा नगरपालिकाले २ थानका दरले ल्यापटप हस्तान्तरण गरेको पाइएको महालेखाको प्रतिवेदनले औल्याएको छ । यस्तै तत्कालीन मेयर द्धारिकलाल चौधरीले २ थान मोवाइल र तत्कालिन उपमेयर लक्ष्मी गौतमले एक थान मोवाइल लिएको महालेखा परिक्षकले प्रतिवेदनले औल्याएको छ ।