इटहरीः सरकारले रसायनिक मलमा दिँदै आएको अनुदान हटाउने निर्णय गरेपछि अखिल नेपाल किसान महासंघ कोशी प्रदेशले आपत्ती प्रकट गरेको छ । 

अखिल नेपाल किसान महासंघ काशी प्रदेशले बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कृषि प्रद्यान देशमा सरकारले किसानलाई सेवा र टेवा पुर्याउनु पर्नेमा उल्टै पिडादायक निर्णय गरेको आरोप लगाएका छन् । 

महासंघले ९ बुँदे माग राख्दै यथासिघ्र मागको सम्बोधन गर्न माग गरेका छन् भने मागको सम्बोधन समयमा नभए आन्दोलन गर्ने चेतावनी समेत अखिल नेपाल किसान महासंघले प्रेस विज्ञप्ती मार्फत दिएका छन् । 

333571882_6317801398269918_7638532798872506363_n

फागुन २६ गतेको निर्णयबाट नेपाल सरकारको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले युरियाको प्रतिकेजी १४ बाट २५ रुपैँया, डिएपिको ४२ बाट ५० रुपैँया, पोटासको ३१ बट ४० रुपैँया र युरियाको ७८ प्रतिशत बाट १६ प्रतिशत थप गर्नुका साथै पोटासमा २२.५ प्रतिशत मुल्य वृद्धि गरेको थियो । 

किसान महासंघले राखेका मागहरुमा रसायनिक मलको मुल्यविद्ध फिर्ता हुनुपर्ने माग छ भने विना चेकजाँच भारतबाट भित्रीरहेका तरकारीको बिक्री वितरण बन्द गनुपर्ने माग समेत छ । यस्तै भुमिहिन सुकुम्बासीलाई यथासिघ्र जग्गा उपलव्ध गराउन माग गरेका छन् भने कृषिजन्य उत्पादनको मुल्य तोक्नुका साथै उत्पादनको खरिद समेत सरकारले गरिदिनुपर्ने माग राखेका छन् । 

उनिहरुले एक वडा एक उत्पादनको नितिलाई कार्यान्वायनमा ल्यान र भुउपयोगीनिति मार्फत कृषि योग्य जमिनको संरक्षण गर्न समेत माग गरेका छन् । पत्रकार सम्मेलनलाई किसान महासंघका कोशी प्रदेश इन्चार्ज वेनु सिवाकोटी, संयोजक दुर्गा थापा, सहसंयोजक दुखिलाल चौधरी तथा सचिव लोकेन्द्र सन्जेलले सन्जेल लगायतले सम्बोधन गरेका थिए ।