प्रकाश बन्जारा 

इटहरीः  इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको पेशागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड र इटहरी १६ मा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक अर्कामा एकीकरण हुने भएका छन् । 

उपमहानगर भित्र कारोबार गर्दै रहेको पेशागत साकोस र प्रदेश स्तरीय बचत तथा ऋणको कारोबार गरिरहेको किसान कल्याणबिच एकीकरण गर्न इटहरी उपमहानगरपालिकामा पेश भएको निवेदन उपर उपमहानगरले सैद्धान्तिक  सहमति दिएपछि एकीकरण प्रक्रिया अघिल्लो चरणमा प्रवेश गरेको हो । 

पेशागतले केही समयअघि नै सैद्धान्तिक सहमति माग गरेको भएपनि स्थानीय सरकारको तर्फबाट फागुन २६ गते बसेको १२८ औँ कार्यपालिका वंैठकले पेशागतलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको हो । 

335923535_542417387762010_5014261536177876570_n

पेशागत सहकारीले असारमै सैद्धान्तिक  सहमतिका लागि निवेदन दिएको भएता पनि  नगरपालिकाको कार्यविधि बाझिएपछि ढिलो गरेर सहमति प्रदान गरेको बुझिएको छ । किसान कल्याण साकोससँग गत आर्थिक बर्षको अन्तमा ९९ करोड ३१ लाख ७ हजार सेयर रकम रहेको थियो भने अहिले १  अर्व भन्दा बढीमा खेलिरहेको छ भने पेशागत सहकारीसँग ४१ लाख हाराहारी शेयर पुँजी रहेको र १ करोड ४० लाख बराबरको कारोबार गरिरहेको संस्थाका अध्यक्ष मातृकाप्रसाद बजगाई बताउँछन् । 

दुई संस्थाबिच एकीकरणमा जाने सम्बन्धमा गत सालको चैत्र तिरै सहमति भएको तर उपमहानगरको प्रक्रियाले सहमति पाउन ढिला भएको किसान कल्याण साकोसका अध्यष शालिकराम ढकालले जानकारी दिए । अव किसान कल्याणलाई पेशागतसँग एकीकरणका लागि प्रदेश सहकारी रजिष्टारको कार्यालय कोशीले स्वीकृती दिएपछि दुई संस्थाविच एकीकरणको बाँकी काम हुने किसान कल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेत बताउँछन् ।