इटहरीः इटहरी उपमहानगरले चालु आर्थिक बर्ष २०७९। ०८० स्वीकृत बजेत अन्तरगतका तालिम,गोष्ठी,सेमिनार,अभिमुखिकरण,अध्ययन अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु बन्द गर्ने भएको छ । इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले आर्थिक मितव्ययी अपनाउन भन्दै तत्कालको लागि कार्यक्रम रोकिएको जनाए । 

336190835_3008874276087334_1953836718406949531_n

  मेयर पौडेलले उपमहानगरबाट भएको अधिकांस तालिम तथा गोष्ठीहरु समेत प्रभावकारी नभएको भन्दै तत्काल रोक्न निर्देशन दिएका हुन ।

 अर्थमन्त्रालयले खर्च कटौती गर्न स्थानीय तहहरुलाई परिपत्र गरे सँगै उपमहानगरका मेयर हेमकर्ण पौडेलले अर्को सुचना नभए सम्मका लागि कार्यक्रमहरु रोक्न उपमहानगरका महाशाखाहरु ,शाखाहरु र वडा कार्यलयहरुलाई निर्देशन दिएका हुन । 

मेयर पौडेलले फजुल खर्च सँगै यस अघि नै कर्मचारीहरुलाई दिदै आएको मासिक पाँच हजार खाजा खर्च,इन्धन खर्च कटौती गरिसकेको बताएका छन ।