विराटनगरः मिठो बोलेर महिलालाई आफ्नो पन्जामा पार्न माहिर नक्कली नागरिकता धारी कतै नेत्र प्रसाद गिरी त कसै आयुश गिरी नाम बताउने एक व्यक्ति मोरङ्ग प्रहरीको फन्दामा पक्राउ पेका छन् । 

गिरीले नेपालका दुई नागरिकताधारी नेत्र र आयुश गिरी भारतको आधार कार्डमा राजिव गिरी लेखाएका छन् भने महिलालाई आफ्नो पन्जामा पार्न समेत माहिर रहेको बुझिएको छ । 

ठगी मुद्धामा धेरै तिर मुद्धा परेका गिरी विरुद्ध मोरङ्ग प्रहरीमा उजुरी नपरेको भएपनि ठगीमा परेका महिलाको आग्रहका भरमा पक्राउ गरीएको छ । 

छद्म नाम र कारोबार गर्दै महिलालाई फसाउन माहिर गिरीलाई सोमबार विराटनगरको होटल एशियाटीकबाट पक्राउ गरिएको हो । सुनसरी जिल्लाको रामधुनी–३ सरस्वती कार्कीसहितको समूहले मोरङ प्रहरीलाई भनेर उनलाई पक्राउ गराउन सफल भएका हुन् ।

गिरी विरुद्ध प्रहरी प्रधान कार्यालयमा समेत ठगी विरुद्धको उजुरी रहेको छ । उनले देशभर २५ जना बढीलाई भिन्न–भिन्न कारोबारको वहानामा फसाएर रकम ठगी गरेको आरोप छ । त्यसमध्ये धेरै महिला पीडित रहेका छन् । छद्म नाम, छद्म कारोबारबाट महिलासँग जोडिएर गिरीले आफ्नो पकडमा राख्ने र गर्लफ्रेण्ड हुँदै श्रीमतीसम्म बनाएपछि छोड्ने गरेको आरोप छ ।

सुनसरी रामधनी –३ निवासी सरस्वती कार्कीलाई काठमाण्डौंमा नौ आना जग्गा पास गराउने बहानामा ३६ लाख रुपैँया ठगी गरेको आरोप छ । गत असारमा उनले २० लाख रुपैँया आनाले जग्गा दिने भन्दै सुरुमा ७ लाख नगद, १३ लाख आइपीएस र बाँकी नगद गरेर ३६ लाख लिएपछि सम्पर्कविहीन भएको बुझिएको छ । 

गिरीले कार्कीलाई जग्गा पास गरिदिने बताएर काठमाण्डौं बोलाएका उनी सम्पर्कविहीन भएपछि उनलाई खोजि गर्दा जडिबुटीमा माइली श्रीमती राखेको कार्कीले पत्ता लगाएकी थिइन । कार्कीले जडिबुटीमा भेटिएकी गिरीकी माइली श्रीमतीबाट उनको विषयमा केहि जानकारी पाइन ।गिरीले कान्छि श्रीमतीलाई दाजु बहिनी भनेर चिनाउने गरेको पाइएको छ । 

 नेत्रप्रसाद गिरी (आयुश)ले भारतबाट सवारीसाधन ल्याएर नेपालमा नक्कली कागजपत्र बनाउँदै बिक्री गर्ने गरेको स्रोतले बताएको छ । 

झापाको बिर्तामोडका एकजना व्यवसायीसँगको मिलेमतोमा नक्कली कागजपत्र बनाउने गरेको बताइन्छ । गिरीले भारतबाट गाडी नेपाल ल्याउने र  नेपालमा रहेका उनका साझेदारले यातायात व्यवस्था कार्यालय इटहरीका कर्मचारीसँगको मिलेमतोमा नक्कली ढड्डा तयार गरेर सक्कली बनाउने गरेको स्रोत बताउँछ । 

मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले गिरीलाई होटलबाट प्रहरी कार्यालय ल्याइएको जानकारी दिए । उनले उनको ठगीधन्दाका बारेमा बुझेर मुद्दा कसरी चलाउने भन्ने विषयमा अनुसन्धान भईरहेको जानकारी दिए । धेरैतिर उजुरी भएपनि मोरङ प्रहरीमा अहिलेसम्म उजुरी परेको छैन । पीडितको आग्रहमा उनलाई कार्यालयमा ल्याएर बुझ्ने काम मात्रै भईरहेको बताइएको छ ।