प्रकाश बन्जारा 

इटहरीः आन्तरिक कारण देखाउँदै ३ बर्षमा गनुृपर्ने नयाँ नेतृत्व चयनमा चुकेको सुनसरीको झुम्का उद्योग वाणिज्य संघमा अहिले भने चुनावी सरगर्मी चुलिएको छ । 

रामधुनी नगरपालिका भरका ९ वडामा झण्डै १६ सय सदस्य रहेको झुम्का उद्योग वाणिज्य संघको साधारणसभा गणपुरक संख्या नपुगेपछि रोकिएको थियो भने चैत्र २ गते विशेष साधारणसभा बोलाएर निर्वाचन समिती गठन गरिएको थियो । 

निर्वाचन समितीले चैत्र १९ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको  छ । अधिकांश सदस्यले निर्वाचन १२ गते गर्नुपर्ने भन्दै आवाज उठाएको भएता पनि निर्वाचनको प्रक्रियाका लागि समय अभाव हुने भन्दै १९ गतेलाई निर्वाचन तोकिएको हो । 

निर्वाचनको मिती तोकिएपछि अध्यक्ष लगायतको पदका आकाक्षींहरुले चहल पहल सुरु गरेका छन् । 

अघिल्लो निर्वाचनमा समेत अध्यक्षको प्रत्यासी बनेका व्यावसायी भोला रौनियार यतिखेर स्वतन्त्र हिसावले अध्यक्षको तयारी गरीरहेका छन् । विशेष साधारणसभा चलिरहेको बेला चैत्र १२ गते निर्वाचन गर्ने तयारी भइरहँदा निर्वाचन सार्नुपर्ने माग सहित सभामै अनशन बसेका रौनियार आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिने तयारीमा आफु भएको सुनाउँछन् । रौनियारलाई अध्यक्ष बनाउन छैठ सेवा समिती लगायतको सहमति रहेको बुझिएको छ । 

यता हाल बाणिज्य सचिव रहेका मेडिकल व्यावसायी दुर्गा प्रसाद फुयाल पनि अध्यक्ष पदको लागि आफ्नो तयारी तिव्र बनाएका छन् । सचिवको रुपमा रहेपनि थुप्रै कार्यक्रमहरुमा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गरीरहेको फुयाँललाई राजनितिक रुपमा नेकपा एमाले समर्थित व्यावसायीले सपोर्ट गरेको बुझिएको छ भने अर्कोतिर नेपाली कांग्रेस समर्थित व्यावसायीमा आकांक्षीहरु बढि हुँदा उम्मेद्वार टुंङ्गो लगाउनै सकस भएको बताइन्छ । 

पोल्ट्री व्यावसायी भरत कार्की, अर्का व्यावसायी नविन चौधरी र रेमिट्यान्स व्यावसायी संदिप गौतम अध्यक्षका आकांक्षीको रुपमा देखिएका छन् । स्रोतका अनुसार नेपाली कांग्रेसले संदिप गौतमलाई आधिकारीक उम्मेद्वारको रुपमा उभ्याउने कुरा अगाडि सारेका छ भने नविन चौधरी र भरत कार्कीलाई आधिकारीक उम्मेद्वार नभएको बताइन्छ । यद्यपि उनिहरुले आफ्नो दावी भने त्यगि सकेका छैनन् ।