इटहरीः उद्योग वाणिज्य संघ झुम्कामा चुनावी चर्चा चुलिँइरहँदा नेपाली कांग्रेस रामधुनी नगरकमिटीले आफ्नो आधिकारीक उम्मेद्वार संदीप गौतम नरहेको बताएको छ । 

प्रदेश पोर्टलमा बुधबार प्रकाशित समाचार प्रति आपत्ति जनाँउदै रामधुनी कांग्रेसले आफुहरुको आधिकारीक उम्मेद्वार कोही पनि नरहेको बताएको हो । 

यस अघि प्रदेश पोर्टलमा स्रोतलाई उद्धृत गर्दै संदीप गौतम कांग्रेस निकट व्यावसायीको लागि आधिकारीक उम्मेद्वार रहेको भन्ने समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा सत्यता नरहेको रामधुनी कांग्रेसको भनाई छ । 

स्रोतले दावी गरिएका कांग्रेसले आधिकारिक रुपमा गौतमलाई अध्यक्षका रुपमा अघि सार्ने बताएपनि स्वयम गौतमले आफु सो पार्टीका तर्फबाट अध्यक्षको आधिकारिक उम्मेदवार नभएको बताएका छन् ।
उता उद्योग वाणिज्य संघ झुम्काको अध्यक्ष भई सफल कार्यकाल विताएका पूर्व अध्यक्ष सगेन चौधरीले आफुहरुको तर्फबाट भरत कार्कीलाई आउदो १९ गते हुने निर्वाचनमा अध्यक्षको उम्मेदवारका रुपमा अगाडि सार्ने जनाएका छन् ।