इटहरीः नेकपा एमालेका इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले नगरसभामा आफुहरुले औपचारिक अनौपचारिक रुपमा कुनै पनि हिसाबले बहिस्कार नगरेको बताएका छन् ।  

गत ३ गते चैत्र बोलाइएको नगरसभा नेकपा एमालेका जनप्रतिनिधिले बहिस्कार गरेको भन्दै नगरप्रमुखले सभा स्थगित गरेका थिए । दिउँसो १ बजे बोलाइएको नगरसभा बैठक वेलुकी ६.१५ बजे प्रारम्भ नै नगरी आफुहरुलाई दोष देखाउँदै स्थगित गरिएको प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको नेकपा एमाले इटहरी उपमहानगरका स्थानीय तह दलले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । 

नगरसभामा केहि पालिका ऐन र केही नयाँ विधयक प्रस्तुत हुने कार्यतालिका भएकोमा विधयेकहरु प्रक्रिया नै पुरा नगरीकन आएकोमा आफुहरु छलफलको क्रममै रहेको बेला सभाअध्यक्षबाट सभा समापन गरिएको दलद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रस्तावित विधेयकमा छायाँप्रतिहरु कार्यपालिका वैठकमा समेत नभएका कारण कार्यपालिकाका सदस्यहरुले संशोधन प्रस्ताव समेत दर्ता गरेको हुँदा सहमति जुटाई सदभावका साथ सभागर्ने मेयरको सल्लाहा बमोजिम आफुहरु ५ घण्टा देखि सभाबाहिर पर्खिएको साथै सहमतिका निम्ति छलफल र बिमर्स भइरहेको समयमा एकाएक घण्टि बजाई सभा विसर्जन गरेकोमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरबासिको हित र विकासमा ठुलो कुठराघात भएको ठहर गरेका छन् । 

336385743_694348562439613_2965391439683652037_n

आफुहरुले औपचारिक अनौपचारिक तवरले सभाको बैठक बहिस्कार गर्ने कुरा नगरेको बताउँदै उनिहरुले नेकपा एमालेको आदेशमा सभा बहिस्कार गरेको जस्ता आधारहिन तथ्यहिन र भ्रमपुर्ण भनाईहरु सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेकोमा निन्दा व्यक्ति गरेका छन् । 

नगरप्रमुखले कानुन निर्माणमा आफ्नो अयोग्यता ढाकछोप गर्न अरुमाथि दोषारोपण गर्नु नगरप्रमुखको नियत भएको भन्दै त्यसमा आफुहरुले दुःख व्यक्त गरेको उनिहरुले बताएका छन् । 

नगरप्रमुखले डोर हाजिरी र ज्यालादारमिा अनावश्यक कर्मचारी भर्ना गर्ने आर्थिक सहायताका नाममा मनपति रकम बाँड्दै हिड्ने कुराको फेहरस्त सार्वजनिक गर्दै जाने प्रतिवद्धता उनिहरुले व्यक्त गरेका छन् ।  तत्काल नगरसभा बोलाएर नगरको समृद्धि र विकासमा सघाउ पुर्याउन उनिहरुको माग छ ।