इटहरीः शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या भएको ३ जिल्ला कोशी प्रदेशबाट परेका छन् ।  

२०७८ सालको जनगणनाको सार्वजनिक नतिजाअनुसार कोशी प्रदेशको मोरङ जिल्ला देशभरीका ७७ जिल्ला मध्ये दोस्रो ठूलो जनसंख्या भएको जिल्लामा  परेको छ । जहाँको जनसंख्या वृद्धिदर १.६६ प्रतिशत रहेको छ। सार्वजनिक नतिजाअनुसार मोरङ जिल्लाको जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ। यो कुल जनसंख्याको ३.९४ प्रतिशत हो। 

022_2

त्यसैगरि देशभरीका जिल्लाहरु मध्येबाट चौंथो धेरै जनसंख्या हुने जिल्लामा झापा रहेको छ। जसको वृद्धिदर १.९७ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार झापाको जनसंख्या नौ लाख ९८ हजार ५४ रहेको छ।  

पाँचौ धेरै जनसंख्या भएको जिल्लामा सुनसरी रहेको छ। जसको वृद्धिदर १.८६ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार सुनसरीको जनसंख्या नौ लाख २६ हजार ९६२ रहेको छ।