इटहरीः  सुनसरीको इटहरीमा रहेको  किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले दुइ दिने निसुल्क उद्घोषण तथा माइन्युट लेखन र बैठक व्यवस्थापन तालिम सञ्चालन गरेको छ। 

आफ्ना युबा क्लबका सदस्यहरु तथा युवा सदस्यलाई  लक्षित गरि सञ्चालन गरिएको तालिममा ३५   जना सदस्य को सहभागीता रहेको थियो । 

केही समय अघि मात्र कारोबारको आधारमा कोशी प्रदेशकै उत्कृष्ट सहकारीको पुरस्कार पाएको किसान कल्याणले आफ्ना युबा क्लबका सदस्यहरूको क्षमता अभिबृद्धी गर्नका लागि तालिमको आयोजना गरिएको साकोसका अध्यक्ष शालिकराम ढकालले बताए । 

336653367_783288373187608_1150499827357701602_n

माइन्युट लेखन तथा बैठक व्यवस्थापन तालिमले सेयर  सदस्यलाइ संस्थागत हिसाबले महत्वपूर्ण सहयोग गर्ने साकोसका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए । 

शुक्रबार भएको तालिम समापन कार्यक्रममा सहभागीलाइ संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

ग्लोवल मनि विकको अवसरमा संस्थाले युवा सदस्यहरुलाई बचत गर्ने तथा पैसा परिचालन गर्ने र त्यसबाट आर्थिक उपार्जनको लागि कसरी पहल गर्न सकिन्छ भनेर सचेतना समेत जगाएको थियो । साकोसले शेयर सदस्यलाई बिभिन्न समयमा वित्तिय साक्षरता, अध्ययन तथा अवलोकन भ्रमण लगायतका कार्यक्रममा समेत सरिक गराउने गरेको छ ।