इटहरीः  इटहरी उद्योग वाणिज्य संघले व्यवसायीको सहजताका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा मिस म्याच हेल्प डेक्सको स्थापना गरेको छ । 

आन्तरिक राजश्व कार्यलय इटहरीको सहकार्यमा चैत मसान्तसम्मका लागि मिस म्याचमा परेका व्यावसायीको सहायताका लागि हेल्प डेक्सको स्थापना गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । 

आफ्नो कारोबारको साइज तथा आकारमा तलमाथि भएको कतिपय व्यावसायीलाई जानकारी नहुँदा व्यावसायीहरु धेरै जरिवानाको मारमा पर्ने भएकाले त्यसको सहजताका लागि आन्तरिक राजश्व कार्यालयमै हेल्प डेक्सको स्थापना गरिएको पराजुलीको भनाई छ । 

337558354_526682582736630_6329132814547175561_n

उद्योग वाणिज्य संघले आफ्नै कर्मचारी राखेर राजश्व कार्यालयमा कर तिर्न आउने इटहरीका व्यावसायीलाई पान नम्बर हेरिदिने साथै मिस म्याच सम्बन्धि कामको सहजिकरण गरिदिनेछन् । जसबाट व्यावसायीले आफ्नो मिस म्याच भएको कारोबार पत्ता लगाउन सक्नेछन् भने कर छुट समेत पाउने भएकाले चैत्र मसान्तसम्म उक्त हेल्पडेक्स कायम राखिने पराजुलीले बताए ।