इटहरीः सुनसरीको सानो शहर तथा सानै नगरपालिका रामधुनीको झुम्का उद्योग वाणिज्य संघमा चुनाव घोषणा भएको चैत्र १९ गते चुनाव नहुने संकेत देखिएको छ । 

उम्मेद्वारी मनोनयन सकेर उम्मेद्वारको दावी विरोध समेत सकिसकेपछि निर्वाचनमा होमिएकै पक्षले फर्जी मतदाता रहेको भन्दै निर्वाचन अधिकृतलाई छानविन गर्न भनेपछि निर्वाचनको प्रक्रियामा अवरोध उत्पन्न भएको हो । 

सानो शहरको सानो बजार भएपनि नेतृत्वका आकांक्षीहरु बढेकाले उद्योग वाणिज्य संघमा राजनिति छिरेको प्रष्ट  भएको व्यावसायीले बताएका छन् । केही व्यावसायीहरु उद्योग वाणिज्य संघको चुनाव हुनुपर्ने पक्षमा छन् भने कोही फर्जी मतदाता भएको भन्ने प्रशंग आएपछि फर्जी नै चुनाव हुने भएपछि त्यस्तो निर्वाचन हुनु भन्दा पहिले फर्जी मतदाता कहाँबाट कसरी ल्याइए त्यसको छानविन गरेरमात्रै चुनावी प्रक्रियामा जानुपर्ने तर्क अगाडि सारेका छन् । 

334905567_930749351544874_1873436429845955159_n

सोमबार आफ्नो प्यानलको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्षका उम्मेद्वार नविन चौधरीले मतदाताहरु विद्यान सम्मत आएको तर्क गरेका छन् । सोमबार विहान पत्रकार सम्मेलन गर्दै चौधरीको प्यानलले घरदैलो अभियान समेत शुरु गरीसकेको छ । यता अध्यक्षको उम्मेद्वार बनेका संदिप गौतम मनोनयन दर्ता गराएपछि बजारमा देखिएका छैनन् भने अर्को उम्मेद्वार भोला रौनियारले आफ्नो प्यानल सहित घरदैलो अभियान शुरु गरिसकेका छन् । 

विधान बमोजिम हरेक ३ बर्षमा गराउनु पर्ने उद्योग वाणिज्य संघको साधारणसभा ५ बर्षमा गराइने गरेको आरोप लगाउँदै रौनियारले चुनाव हुनुपर्ने तर्क अघि सारेका छन् । मतदाता फर्जी भएको कुरा बाहिर आएको भएता पनि विद्यान सम्मत भएको  रौनियार प्यानलको ठहर छ । 

338425068_1361931754652612_4681870099514889782_n

यता अध्यक्षको उम्मेद्वारी दिएका व्यासायी भरत कार्कीको प्यानलले चुनावी अभियान शुरु गरेकै छैन । उवासंघको कार्यसमितीले निर्वाचन समितिलाई दिएको मतदाता नामावली अनुसार उद्योग वाणिज्य संघ झुम्कामा १४९० हाराहारी सदस्य छन् । जसमध्ये करिव ४ सय मतदाता रामधुनी नगरभन्दा बाहिरको हालेर आएको दावी उम्मेद्वारहरुले गरेका छन् । मतदाता नामावलीमा फर्जी मतदाता भएको दावी गर्दै यसको निस्पक्ष छानविन गरेरमात्रै निर्वाचन हुनुपर्ने तर्क कार्की प्यानलले अघि सारेका छन् । 

गत आइतबार दिउँसो २ बजेतिरै पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकार निम्ता गरेको कार्की प्यानलले त्यो दिन पत्रकारलाई त्यतिकै फिर्ता पठायो भने निर्वाचनको बाह्य तयारी देखिएको छैन । 

यता अध्यक्षको उम्मेद्वार बनेका दुर्गा फुयाँल यहि अवस्थामा निर्वाचन हुन नहुने बताउँछन् । स्वार्थका लागि फर्जी मतदाता देखाइएको अवस्थामै चुनावमा जानु व्यावसायीको हितमा नहुने फुयालको तर्क छ ।  चैत १९ गते तोकिएको निर्वाचनलाई रोक्न एउटा पक्ष सोमबारनै जिल्ला प्रशासन पुगेको थियो ।

328217775_964324351418395_7509884004760768115_n