इटहरीः उच्च अदालत विराटनगरले झुम्का उद्योग वाणिज्य संघको यही चैत्र १९ गते हुन लागेको निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।  

रामधुनीका व्यावसायी केदार कुमार श्रेष्ठले दिएको उजुरीको आधारमा उच्च अदालत विराटनगरका न्यायाधीस किरण कुमारी गुप्ताको इजलासले झुम्का उद्योग वािणज्य संघ रामधुनी ५ को नाममा बिहिबार उक्त अन्तरिम आदेश जारी गरेको हो । 

चैत्र १९ गते आइतबारको दिन तोकिएको झुम्का उद्योग वाणिज्य संघमा फर्जी मतदाता भएको भन्दै निर्वाचन रोक्न अध्यक्षका उम्मेद्वारद्धय दुर्गा प्रसाद फुयाल र भरत कार्कीको प्यानल जिल्ला प्रशासन कार्यलय सुनसरी पुगेको थियो । 

338490434_748750760052165_7149888534737801647_n

जिल्ला प्रशासनले अध्यक्ष धर्मेन्द्र साह र निर्वाचन अधिकृत डिल्ली कार्कीलाई बोलाएर फर्जी मतदाताको विषयमा छानविन गर्न भनेको थियो । उच्च अदालतको आदेश बमोजिम तत्काललाई निर्वाचन रोक्न आदेश दिइएको छ । निवेदकको माग बमोजिम आदेश दिन किन नपर्ने हो भन्ने बिषयमा आफ्नो लिखित जवाफ पेश गर्न १५ दिनको म्याद दिइएको छ ।