इटहरीः चैत्र १९ गते आइतबारलाई तोकिएको झुम्का उद्योग वाणिज्य संघको निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको उच्च अदालत विराटनगरले अर्को फैसलामा निर्वाचन गर्न बाधा नपर्ने फैसला गरेको छ । 

 उद्योग वाणिज्य संघ झुम्कामा फर्जी मतदाता रहेको भन्दै उक्त मतदाता उपर छानविनको माग गर्दै केदार राइस मिलका सञ्चालक केदार श्रेष्ठले दायर गरेको रिट उपर चैत्र १६ गते जारी भएको अन्तरिम आदेशको फैसलालाई निरन्तरता दिइरहन परेन भन्दै उच्च अदालतले गैर सरकारी निकायबाट हुने काम कारवाहीका सम्बन्धमा जिल्ला प्रशासन कार्यलयनै नै नियमन र अनुगमन गर्न सक्ने उल्लेख गरिएको छ ।  

अदालतले निवेदकलाई उम्मेद्वार हुन वा मतदान गर्न अधिकार कुण्ठित नभएको देखिएको भन्दै यसबाट निवेदकलाई क्षति समेत भएको नदेखिएको बताउँदै नियमानुसार गर्न आदेश गरेको छ ।  

अदालतको आदेश सँगै आइतबारको लागि घोषणा भएको निर्वाचन आज सोमबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम् मगर्ने निर्णय निर्वाचन समितिले गरेको छ । 

336664367_3363642287243181_6356294514424797115_n

अदालतबाट निर्वाचन गर्न सक्ने फैसला भएसँगै सबै उम्मेद्वारहरुले प्रचार प्रसार समेत गरीसकेकाले निर्वाचन गर्न बाधा नपुग्ने निर्वाचन अधिकृत डिल्ली कार्कीले आइतबार साँझ पत्रकार सम्मेलनमा जानकारी गराए । 

कार्कीले आफुले सबै अध्यक्षका उम्मेद्वारहरुलाई निर्वाचन गर्ने सम्बन्धि जानकारी गराएको समेत बताए ।  ‘सबै समुहले आफ्नो आफ्नो तयारी र प्रचार प्रसार गरीसकेका छन् सो हिसावमा भोली नै निर्वाचन गर्न हामी सक्षम छौँ ।’कार्कीले पत्रकार सम्मेलनमा भने ।

यता निर्वाचन हुने कुरा एकाएक आएपछि अध्यक्षका उम्मेद्वारहरु चुनावमा भाग लिने कि नलिने भन्ने अन्यौलमा परेका छन् । 

अध्यक्षका उम्मेद्वारद्धय नविन चौधरी र भोला रौनियार चुनावी अभियानमै रहेका छन् भने दुर्गा प्रसाद फुयाल भने आफुले पत्रकार सम्मेलन मार्फत आफ्ना कुरा राख्ने बताएका छन् ।

336684949_268799182139020_5140661632151585961_n