झापाः झापाको कनकाई उद्योग वाणिज्य सङ्घमा लोकतान्त्रिक समावेशी समूहका उम्मेदवार विजयी भएका छन् ।
शुक्रबार बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार सङ्घको सबै पदमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार विजयी भएका हुन् । सङ्घको १६ वटा पदमा बिहीबार निर्वाचन भएको थियो ।
सङ्घको आगामी तीन वर्षे कार्यकालका लागि समावेशी समूहका त्रिलोचन चिमरिया ६ सय १३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी संयुक्त प्यानलका मिनाल तिम्सिनाले ४ सय ११ मत पाएका थिए ।
निर्वाचन अधिकृत प्रकाश चुँडालका अनुसार वाणिज्य उपाध्यक्षमा अर्जुन बोहोरा, उद्योग उपाध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन् भने महासचिवमा तुलसी विमली विजयी भएका छन् । त्यस्तै, वाणिज्य सचिवमा डम्बरप्रसाद प्रसाईं, उद्योग सचिवमा राजकुमार साह, कोषाध्यक्षमा भरतकुमार अधिकारी विजयी भएका छन् ।
सदस्यमा दीपक खतिवडा, माधव पोखरेल, झलक सिटौला, सञ्जय गजुरेल (गङ्गाराम), भरत सापकोटा, सन्तोष प्रसाईं, भूमा गौतम, शान्तादेवी अधिकारी र तारामाया राई विजयी भएका छन् ।
कुल १ हजार ३ सय ८५ मतदाता रहेको सङ्घमा १ हजार २ सय ६१ मत खसेको थियो ।