इटहरीः बाटोमा भेटिएको आधा लाख रकम मोरङको विराटचोकका २ युवाले प्रहरीलाई बुझाएका छन् । बेलबारीस्थित बेतना सिमसारमा भेटिएको ५४ हजार ५ सय रुपैयाँ इलाका प्रहरी कार्यालय बेलबारीमा बुझाइएको हो ।

विराटचोकका युवा राजन निरौला र उत्सव दाहालले भेटेको रकम प्रहरीलाई बुझाएका हुन् । पूर्वबाट पश्चिम आउँदै गरेको मोटरसाइकलमा सवार व्यक्तिको गोजीबाट सो रकम झरेको निरौला र दाहालले बताए ।